मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा बाटै नेता राजन कुवँरद्धारा सभापतीमा उम्मेद्धवारी घोषणा

वडा बाटै नेता राजन कुवँरद्धारा सभापतीमा उम्मेद्धवारी घोषणा


अछाम । नेपाली कांग्रेस अछामका नेता तथा महासमतिी सदस्य राजन कुवँरले नेपाली कांग्रेस अछामको सभापतीमा उम्मेद्धवारी घोषणा गरेका छन् । १४ आँै महाधिबेशन अन्र्तगत शुक्रबार सम्पन्न वडा अधिबेशन बाट उनले उम्मेद्धवारी घोषणा गरेका हुन् ।

नेविसंघ अछामका पूर्व अध्यक्ष समेत रहेका महासमिती सदस्य कुवँरले आफ्नो वडा साँफेबगर नगरपालिका वडा नं. ३ को वडा अधिबेशनबाटै सभापतीमा उम्मेद्धवारी घोषणा गरेका हुन् । उनले आफु जन्मे हुर्केको ठाँउ आफ्ना लागि पवित्र भुमी भएको भन्दै जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेको बताए ।

नेपाली कांग्रेस अछामलाई फरक ढंगबाट अगाडी बढाउन यसपटक आफ्नो उम्मेद्धवारी रहेको उनले बताए । म नेपाली कांग्रेस अछामलाई एक नयाँ उचाईमा पुर्याउन चाहान्छु उम्मेवद्धार कुवँरले भने यसपटक जिल्लाका सबै युवाहरुको साथ सर्मथन मलाई छ ।

जिल्लाका दुबै क्षेत्रमा कांग्रेसको जित सुनिश्चित गर्न, संगठनलाई मजबुत बनाउने भिजन आफु संग रहेको भन्दै उनले यसपटक आफु सभापतीको उम्मेद्धवार रहेको बताए ।

पार्टीका भातृ संगठनहरुलाई पनि क्रियाशिल बनाउन, चुस्त दुरुस्त राख्ना लागि पनि जिल्लामा युवा नेतृत्वको खाँचो रहेको भन्दै नेता कुवँरले यसपटक सभापतीमा आफुलाई मत दिने अपेक्षा राखेको बताए ।