मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोदिन ५६ मध्ये ४१ जिल्लामा भयो कांग्रेसको वडा अधिवेशन

पहिलोदिन ५६ मध्ये ४१ जिल्लामा भयो कांग्रेसको वडा अधिवेशन


झापा र मुस्ताङमा भोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन भएको छ ।

नेपाली काग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार महाधिवेशन भएका ४१ जिल्लाका कति वडामा सर्वसम्मत भयो र कति वडामा चुनावी प्रक्रियाबाट प्रतिनिधि चुनीय भन्ने विवरण भने भोलिमात्र आउने छ । 

“आज ४१ जिल्लामा अधिवेशन प्रारम्भ भएको छ । झापा र मुस्ताङले १९ गते अधिवेशन गराउन अनुमति लिएका छन्,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भने, “बाँकी जिल्लाले आगामी २३ गतेभित्र अधिवेशन सक्नेछन् ।” 

उनकाअनुसार झापा र मुस्ताङ जिल्ला निर्वाचन अधिकृतले भने शनिबार अधिधवेशनको प्रक्रिया थाल्न अनुमति लिएका छन् ।

विवादित २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ । “उहाँहरूले आजभोलिमै क्रियाशील सदस्यको नामावली दिनुभयो भने २५, २६ गतेभित्र अधिवेशन हुन्छ, दिन सक्नुभएन भने पछि हुन्छ,” यादवले भने ।