अछाम । नेपाली कांग्रेस मंगलसेन नगरपालिका वडा नं. ७ को वडा कार्यसमितीले वडाका २४ जना कार्यकर्तालाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत शुक्रबार सुरु भएको वडा अधिबेशन अन्र्तगत भएको वडा नं. ७ जनाली बण्डालीको वडा अधिबेशनले कांग्रेसका क्रियाशिल तथा साधारण सदस्य रहेका उनिहरुलाई सम्मान गरेको युवा वडा सभापती पदम बहादुर थ्यायतले बताए ।
वडा सभापति थ्यायतका अनुसार उनिहरुले पार्टीलाई दिएको समय, संगठन निर्माणमा खेलेको भुमिका र हाल सम्मको योग्दानको कदर गर्दै सम्मान गरिएको हो ।
वडा कार्य समितीले अब हरेक बर्ष बडादशै तथा शुभ दिपावलीको अवसरमा आयोजित हुने शुभकामना आदान प्रदान कार्यक्रममा क्रमश रुपमा सम्मान गर्दै जाने सभापति थ्यायतले बताए ।
वडा सभापति पदम बहादुर थ्यायतको सभापतित्वमा शुक्रबार भएको वडा अधिबेशनका प्रमुख अथिति नेपाली कांग्रेस अछामका सचिव नम बहादुर शाही रहेका थिए ।
सचिव शाही वडा कमिटीले राम्रो कामको सुरुवात गरेको भन्दै धन्यवाद ज्ञापन गरे । आगामी दिनमा समेत यस्तै रचनात्मक कार्य गर्दै जानुपर्नेमा उनको सुझाब थियो ।
सचिव शाहीले सम्मानित हुने सबैलाई दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए ।
प्रतिक्रिया