अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर १ कार्यसमितिको वडा अधिवेशन सम्पन्न भएको छ ।
सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।
निवर्तमान वडा कार्यसमिति सभापति नृप बहादुर थापाको सभापतित्वमा भएको भेलाले मनिराज गिरीलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस भोज राज भाट रहेका थिए ।
प्रतिक्रिया