मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका भाइरल तीन सभापति : १९ वर्षकी स्वस्तिकादेखि ८० वर्षका ‘भिकारी बा’सम्म

कांग्रेसका भाइरल तीन सभापति : १९ वर्षकी स्वस्तिकादेखि ८० वर्षका ‘भिकारी बा’सम्म


अछाम : नेपाली कांग्रेसको वडा अधिवेशनले अहिले फरक ढङगको चर्चा बटुलेको छ ।

कतिले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको भनेर प्रसंसा गरिरहेका छन् भने कतै बुढापाकाले नै ठाउँ नछोडेको भन्दै असन्तुष्टि बढिरहेको छ ।अधिवेशनकै सेरोफेरोमा वडा सभापति भएका तीन जना भने अहिले भाइरल भएका छन् ।

कांग्रेसकी कान्छि वडा सभापति वर्ष १९ कि स्वस्तिका महत, त्यस्तै वर्ष २२ कि जानकी रावल र ८० वर्षिय वृद्ध भिकारी कुँवर अहिले चर्चामा छन् ।

१४औं वडा अधिवेशनले सर्वसम्मतरुपमा वडा सभापतिको टुंगो लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भएको हो ।

दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत दुल्लु नगरपालिका–३ मा निर्वाचित भईन । त्यस्तै अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन्।

शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी रावल वडा सभापतिमा निर्वाचित भइन्।

त्यसलगत्तै चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत वडा सभापति चयन भए।

पार्टीले ८० वर्षीय बृद्ध कुँवरलाई सभापतिमा सर्वसम्मत चयन गरेपछि स्थानीय युवा भने असन्तुष्ट छन्। कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ।