मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिस्कुन सुकाउने थलो बन्यो बैतडीको पाटन विमानस्थल

बिस्कुन सुकाउने थलो बन्यो बैतडीको पाटन विमानस्थल


बैतडीः बैतडीको पाटन विमानस्थललाई बिस्कुन सुकाउने थलो बनाइएको छ। पाटन नगरपालिकास्थित पाटन विमानस्थललाई यहाँका स्थानीयले निजी कामका लागि प्रयोग गररिरहेका छन्। विमानस्थलमा हप्तामा एक दिन शुक्रवार मात्रै जहाज आउने भएपछि बाँकी दिनमा स्थानीयले गहुँ लगायतका अन्नबालीहरु सुकाउने गर्छन्। 

एक साता भन्दा बढी समय परेको वर्षाका कारण अन्नबालीमा कुहिन थालेपछि विमानस्थलमा सुकाएको स्थानीय रोशन विष्टले बताए। ‘धेरै दिनदेखि पानी परेको हुँदा घरमा सुकाउने ठाउँ नभएकाले यहाँ ल्याएर सुकाएको हुँ। गहुँ किराले पिठो बनाइसक्यो’ उनले भने। उनी जहाज पार्किङ गर्ने ठाउँमा गहुँ सुकाउँदै केलाउँदै थिए। 

उक्त विमानस्थलमा साना गाडीहरु चल्ने, मानिसहरुले आवतजावत गर्ने, फोटो खिच्न जाने तथा टिकटक बनाउन जाने र गाईवस्तु छिर्ने गरेको स्थानीय बताउँछन्।  विमानस्थल छेउमा बलियो तारजाली छैन। भएका तार जालीहरु पनि भत्किएका छन्।