अछाम : नेपाली काग्रेसको मंसिरमा हुने १४ औ महाधिबेशनका लागी वडा अधिबेशन शुक्रवार बाट शुरु भएको छ। अछाम जिल्लाका अधिकांश वडामा अधिबेशन सकिएका छन् भने केहि को हुने क्रम जारी छ।
जिल्लाको कमलबजार नगरपालिकाका अधिकांस वडामा सर्वसहमती बाट प्रतिनिधी छनोट भएका छन । अब सबैको ध्यान नगर तथा गाउपालिका अधिबेशन तर्फ केन्द्रित भईरहेको छ।
कांग्रेसको नगर तथा गाउपालिकाका लागि आंकाक्षीहरुको उम्मेदवारी घोषणा भईरहेका छन्।
यसै क्रममा कमलबजार नगरपालिका वडा नं २ बजुडा निवासी युवा नेता तक्मान बिष्टले कमलबजार नगर कार्य समितिको उपसभापतीमा आफनो दावी गरेका छन्।
काठमाण्डौ बसेर ने.बि.संघ तथा तरुण दलमा रहे निरन्तर काम गरिरहेका काग्रेसी पारिवारिक पुष्टभुमिका युवा नेता तक्मान बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
उनि कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्टका छोरा हुन्।
प्रतिक्रिया