अछाम । नेपाली कांग्रेस मंगलसेन नगरपालिका अन्र्तगत नगर कार्य समितीको उपसभापती पदमा सुरेन्द्र शाहीले उम्मेद्धवारी घोषणा गरेका छन् ।
जिल्लाको सदरमुकाम रहेको नगरपालिकाको नगर कार्य समितीको उपसभापती पदका लागि शाहीले उम्मेद्धवारी घोषणा गरेका हुन् ।
मंगलसेन नगरपालिका वडा नंं. ७ बाट सर्वसम्मत नगर प्रतिनिधी चयन भएका शाहीले आफुले यसपटक नगर उपसभापतीमा उम्मेद्धवारी दिने बताए ।
यहि भाद्र २७ गते हुने कांग्रेसको नगरपालिका तथा गाँउपालिकाको अधिबेशनका लागि उनले उम्मेद्धवारी घोषणा गरेका हुन् ।
शाही नेपाली कांग्रेस अछामका सचिव नम बहादुर शाहीका छोरा हुन् ।
प्रतिक्रिया