मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस क्षेत्र नं. २ को सभापतीका लागि शाहीको उम्मेद्धवारी घोषणा

कांग्रेस क्षेत्र नं. २ को सभापतीका लागि शाहीको उम्मेद्धवारी घोषणा


अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सभापतिका लागी युवा नेता रविन्द्र शाहीले उम्मेद्धवारी घोषणा गरेका छन् । निर्वतमान कार्यसमितीका सचिव शाहीले यसपटक क्षेत्रिय सभापति पदका लागि उम्मेद्धवारी घोषणा गरेका हुन् ।

नेपाल बिद्यार्थी संघको राजनिति गर्दै कांग्रेसको सक्रिय राजनितिमा प्रवेश गरेका युवा नेता शाहीले कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि अहिले देशभर सक्रिय युवा शक्तिको खाँचो रहेको भन्दै आफुले पनि क्षेत्रिय सभापती पदमा उम्मेद्धवारी घोषणा गरेको बताए ।

यसअघि कांग्रेसको संगठन निर्माणमा सक्रिय भएर खटेका युवा नेता शाही सबैका माझ लोकप्रिय छन् । उनले कांग्रेस अछामलाई बलियो बनाउन र स्थानिय, प्रदेश तथा संघिय निर्वाचनमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माण गरी पार्टीलाई चुस्त दुरुस्त राख्न यसपटक सभापतीमा उम्मेद्धवारी दिने उनले बताए । सबैले यसपट आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ ।

१४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसको क्षेत्रिय अधिबेशन असोज ५ गते हुदैँछ ।