अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगर कार्य समितिको उपसभापतिका लागी युवा नेता राजेश बाबु बोगटीले उम्मेद्धवारी घोषणा गरेका छन् । निर्वतमान कार्यसमितीमा समेत उपसभापति रहेका बोगटीले यसपटक पनि उपसभापति पदमै रहेका कम गर्ने उद्घोष गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् ।
कांग्रेसको राजनितिमा सानै देखि सक्रिय रहेका युवा नेता बोगटीले जिल्लाको सदरमुकाम रहेको नगरमा कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि उपसभापती पदमै रहेर कम गर्ने भन्दै उम्मेद्धवारी घोषणा गरेको बताए ।
यसअघि कांग्रेसको संगठन निर्माणमा सक्रिय भएर खटेका युवा नेता बोगटी सबैका माझ लोकप्रिय छन् ।
कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माणमा सक्रिय सहभागी हुन उपसभापतीमा उम्मेद्धवारी दिने उनले बताए । नगरबासि सबैले आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ ।
१४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसको पालिका अधिबेशन यहि भाद्र २७ गते हुदैँछ ।
प्रतिक्रिया