अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगर कार्य समितिको सभापतिका लागी युवा नेता हिरिण्ड बोहराले उम्मेद्धवारी घोषणा गरेका छन् । निर्वतमान कार्यसमितीमा सचिव रहेका बोहराले यसपटक सभापति पदमा उम्मेद्धवारी घोषणा गरेका हुन् ।
जिल्लाको सदरमुकाम रहेको नगरमा कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि सभापति पदमा उम्मेद्धवारी घोषणा गरेको बताए ।
कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माणमा सक्रिय बनाउन सभापतीमा उम्मेद्धवारी दिने उनले बताए । नगरबासि सबैले आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ ।
१४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसको पालिका अधिबेशन यहि भाद्र २७ गते हुदैँछ ।
प्रतिक्रिया