अछाम । नेपाली कांग्रेस अछामका नेता टिकाराम खनालले जिल्लाको क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको लागि उम्मेद्धवारी घोषणा गरेका छ्न ।
नेता खनालले महाधिबेशन संगै महासमिति सदस्यमा समेत उम्मेद्धवारी रहेको बताएका छन् । उनले यसपटक महाधिबेशन प्रतिनिधीमा उम्मेद्धवारी घोषणा गर्दै आफुलाई सहयोग गर्न अपिल गरेका छन् ।
२०३६ साल देखि निरन्तर राजनितिमा सक्रिय नेता खनालले जेलनेल भोग्दै ईमान्दारिताका साथ निष्ठाको राजनिति गरेको बताएका छन् ।
२०३७ सालमै नेपाली कांग्रेसको जिल्ला कार्य समिती सदस्य भएर काम गरेका खनाल २०४० सालमा कैलाली क्याम्पस धनगढीको स्ववियू सभापती भएका थिए ।
२०४९ सालमा नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापती भएर काम गरेका नेता खनालसंग २०५१ साल देखि २०५३ सालसम्म नेपाली कांग्रेस अछामको उपसभापती भएर काम गरेको अनुभव छ ।
कांग्रेसको राजनितिमा सक्रिय रहेका नेता खलाल कांग्रेसको ८ औँ महाधिबेशन देखि १२ औँ महाधिबेशन सम्म महाधिबेशन प्रतिनिधी र महासमति सदस्य रहेका उनले यसपटक पनि सोही पदमा उम्मेद्धवारी प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया