अछाम । नेपाली कांग्रेस लयाँटीमा नयाँ वडा कार्य समितिको पहिलो बैठक अाज सम्पन्न भएको छ । नेपाली कांग्रेस पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका वडा सभापति राम बहादुर बुढाको अध्यक्षतामा बैठक बसि विभिन्न निर्णय गरिएका छन ।
जस अन्तर्गत वडा नम्बर ५ लयाँटीका जुझारु युवा,लयाँटीका पहिलो सरकारी इन्जिनियर तथा तुर्माखाँद गाउँपालिकामा कार्यरत हिक्मत बुढा घटनाको सत्य तथ्य छानबिन गरि दाेषीलाई कडा कार्वाहीकाे नेपाल सरकार तथा अन्य निकाय संग माग गर्ने निर्णय गरिएको छ ।
इन्जिनियर बुढाको घटना भएको दुई महिना बितिसक्दा समेत सत्य तथ्य छानबिनका लागि सम्बन्धित निकायबाट ढिलासुस्ती भइरहेका कारण वडा कार्यसमितिले ध्यानाकर्षण गरेको हाे ।
असार मसान्तकाे चटारोमा माेबाइलमा फाेन उठाउन समेत फुर्सद नहुँने इन्जिनियर कार्यालय समयमै मृत अवस्थामा भेटिनु घटना संकास्पद तथा रहस्यमय हुँदा हुँदै सम्बन्धित पालिकाले छानबिनका लागि कुनै पहल नगरे जस्तो गर्नु अासंकाकाे बिषय भएकाे छलफल गरिएको वडा कार्य समितिले जानकारी दिएको छ ।
यस्तै क्रियाशील सदस्यहरसलाई नगर कार्यसमितिमा मनाेनयन गर्ने , निवर्तमान कार्यसमितिबाट सम्पुर्ण कागजात सहित अावश्यक सम्पुर्ण सामानहरु हस्तान्तरण गर्न लगाउने तथा नयाँ कार्यसमितिको बैंक खाता सञ्चालन गर्ने निर्णय गरिएको वडा कार्यसमितिका सचिव हिक्मत बुढाले जानकारी दिए ।
बैठकमा अन्य क्षेत्रिय प्रतिनिधिहरुकाे पनि सहभागीता रहेको थियाे ।
प्रतिक्रिया