अछाम । नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत महाधिबेशन प्रतिनिधीका लागि युवा नेतृ लक्ष्मी बोगटीले उम्मेद्धवारी घोषणा गरेकी छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत नेपाली कांग्रेस अछामका क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा २२ बर्सिया युवा नेतृ लक्ष्मी बोगटीले उम्मेद्धवारी घोषणा गरेकी हुन् ।
बिगत ५ बर्ष देखि नेपाल विद्यार्थी संघ अछाममा क्रियाशिल भएर राजनितिमा सक्रिय रहेकी नेतृ बोगटीले यसपटक कांग्रेसको महाधिबेशन प्रतनिधिमा उम्मेद्धवारी घोषणा गरेकी हुन् ।
युवाहरुका माझ लोप्रिय रहेकी बोगटी आफु संग युवाहरुलाई एकिकृत गरेर लैजान सक्ने क्षमता रहेको बताउछिन् ।
पार्टी संगठनलाई बलियो बनाउन मिसन र भिजनका साथ अघि बढ्ने लक्ष्य लिएको भन्दै नेतृ बोगटीले यसपटक सहयोग गर्न आग्रह गरेकी छन् ।
कांग्रेसका नेता कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने उनको भनाई छ । यहि अशोज ५ गते हुने क्षेत्रीय अधिबेशनमा महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिने उनि सम्भवत कान्छी उम्मेद्वार हुन्।
प्रतिक्रिया