मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशन प्रतिनिधिमा युवा नेता ताम्राकारको उम्मेदवारी घोषणा

महाधिवेशन प्रतिनिधिमा युवा नेता ताम्राकारको उम्मेदवारी घोषणा


अछाम । नेपाली काँग्रेस अछामका नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनमा ताम्राकारले महाधिवेसन प्रतिनिधि आफ्नो उम्मेदारी रहेको घोषणा गरेका हनु् ।

आगामी आउने निर्वाचनमा अछामबाट नेपाली काँग्रेस विजय गराउन र दलित समुदायको समेत सहि नेतृत्व गर्ने उद्देश्यका साथ दलित नेता ताम्राकारले महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताए ।

कुनै गुट र उपगुट लाई सहयोग नगरी नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी हो नेता ताम्राकारले भने, स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गर्न गराउने महाधिबेशन प्रतिनिधिमा उम्मेद्वारी हो।

नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली काँग्रेस पार्टीमा आस्था राख्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । २०४६ सालमा नेविसँघ इकाइ सभापती रहेका नेता ताम्राकारले २०५३ सालमा किसान सँघको सचिव पदमा रहेर काम गरेका थिए ।

त्याग र निष्ठाका पर्याय नेता ताम्राकारले अछामका दलित समुदायको हक हितका लागि आफ्नो उर्जावान समय समर्पण गरेका छन्। समाजसेवा गर्न राजनीतिलाई मुख्य भूमिकामा राखेका नेता ताम्राकार २०५६ सालमा दलित संघ अछामको अध्यक्ष भएर काम गरेका थिए।

देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा सहभागी भएका नेता ताम्राकार अछाम कारागारको कस्टपूर्ण यातना भोगेका थिए ।

२०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य भएर कम गरेको अनुभब उनलाई छ ।

१४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीमा नेपाली काँग्रेस जुटेको छ ।

नेपाली काँग्रेसका गाउँ तथा नगर अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।