अछाम । युवा नेता नेपाली काग्रेंसका क्षेत्रीय सदस्य महेश खड्काले नेपाली कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
नेता खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
नेपाली काङ्ग्रेस को १४औं महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ को प्रदेश (क) को सभापति पदमा मेरो उम्मेदवारी घोषणा गरेको जानकारी दिनु भएको छ ।
२०६४ सालमा त्रीपुरा सुन्दरी क्याम्पस को उप सभापति हुदै २०७० को १३ औ महाधिबेसनको जिल्ला सदस्य ,२०७२ मा पाटीको १२ अबिधेशनमा क्षेत्रीय सदस्यमा भएर काम गरेको अनुभव स्मरण गर्दै युवा नेता खड्काले नेपाली काङ्ग्रेसमा युवाको जनशक्त आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै आफू प्रदेश सभापतीमा पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ ।
निर्वाचन क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै खड्काले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया