अछाम । नेपाली काँग्रेस कमलबजार नगरपालिका नगर कार्य समितीको सभापति पदमा पदम बहादुुर भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् ।
क्षेत्र नं. २ काँग्रेस अधिबेशन समन्वय तथा सहजिकरण समितीको निरन्तर प्रयासले सभापति सर्वसम्मत चयन गर्न सफल भएको हो । सभापति पदका आकाङ्क्षी मध्यका एक भण्डारी सर्वसम्मत रुपमा चयन भए संगै सोही पदका अर्का आकाङ्क्षी जगत बहादुुर बिष्टलाई जिल्ला कार्य समितीमा लैजाने निर्णय भएको पनि बताईएको छ ।
अधिबेशन समन्वय तथा सहजिकरण समितीका संयोजक यज्ञ प्रसाद ढकालको शभापतित्वमा भएको भेलाले पालिका अधिबेशन अगावै सर्व सम्मत रुपमै नगर कार्य समितीको सभापति पदको टुुंगो लगाएको बताईएको छ ।
नृृप बहादुुर बिष्टलाई यस अघि नै नगर कार्य समितीको सचिबमा सर्व सम्मत रुपमा चयन गरी सकेको पनि सो समितीका संयोजक ढकालले जानकारी दिए ।
यस्तै आज शुक्रबारको भेलाले कमलबजार नगरपालिकाको काँग्रेस अधिबेशनको पुुर्व सन्ध्यामा नगरकासभापति, क्षेत्रिय प्रतिनिधी लगायत वडा कार्य समिती छनोट गर्ने क्रममा महत्वपूूर्ण भुुमिका खेल्दै सहमतिको वातावरण सृजना गर्नु हुने नेपाली काँग्रेसका नेता कार्यकर्ता, भातृ तथा सुभेच्छुक संस्थालाई लाई धन्यवाद पनि दिईएको छ ।
नगर शभापति सर्प बहादुुर बिष्टको सभापतित्वमा यहि भाद्र २३ गते बसेको नगर कार्य समितीको बैठकले सर्व सहमतिका लागी प्रयास गर्दै आईरहेकोमा सो कार्य सफल भएको प्रति काँग्रेसका सबै नेता कार्यकर्ता खुुशी भएका छन् ।
भेलामा नेपाली काँग्रेस केन्दिय संगठन बिभाग सदस्य गणेश बहादुुर बिष्ट, काँग्रेस अधिबेशन समन्वय तथा सहजिकरण समिती सदस्य देबराज देबकोटा, राम बहादुुर शाही, श्रम तथा टेड युुनियन बिभागका केन्दिय सदस्य पदम राज अधिकारीको सहभागिता रहेको थियो।
यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समितीका उप शभापति नयाँराम बजगाई, जिल्ला कार्य समिती सदस्य तथा नगर प्रमुुख ओम प्रकाश बिष्ट, नगर उप प्रमुुख भुुमिसरण ढकाल बजगाई, नगर सभापती सर्प बहादुुर बिष्ट, पुुर्व जिल्ला कार्य समिती उप शभापती सुुरेन्द्र बिष्ट लगायत नेता कार्य कर्ताको सहभागिता रहेको अधिबेशन समन्वय तथा सहजिकरण समितीका संयोजक यज्ञ प्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया