अछाम । नेपाली काँग्रेस अछामका नेता एबं पार्टीका वर्तमान सचिव नम बहादुर शाहीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेता शाहीले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
पार्टीको संगठन निर्माण गर्न लामो समय देखि सक्रिय रहेका हक्की र निडर स्वभाबका युवा नेता शाहीले आगामी दिनमा कांग्रेस अछामलाई बलियो बनाउन र आम निर्बाचनमा पहिलो पार्टी बनाउन आफ्नो उमेद्वारी रहेको बताए।
सुशासन, पारदर्शी र समाज परिवर्तन संगै पार्टीलाई क्रियाशील बनाउन पहल कदमी लिने उनको भनाइ छ। जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्र सुधार र विकासका लागि आफु सक्रिय रहने उनको भनाई छ ।
म आफ्नो लागि राजनीतिमा होमिएको होइन नेता शाहीले उम्मेदवारी घोषणा गर्दै भने, ‘समाज परिवर्तन र नेपाली कांग्रेसलाई बलियो संगठन भएको पार्टीका रुपमा स्थापित गर्न हो।’
२ पटक पार्टीको क्षेत्रीय सचिव भैसकेका नेता शाही नेपाली कांग्रेस अछामको सचिव हुन्।
प्रतिक्रिया