अछाम । नेपाली काँग्रेस अछामका नेता मोहन कुँवरले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न १ बाट उनले महाधिबेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा गरेका हुन्। पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले महाधिबेशनमा उमेद्वारी घोषणा गरेको नेता कुँवरको भनाई छ।
२०४८ सालबाट कैलालीमा स्ववियू सदस्य र २०५३ मा पनि स्ववियू सभापतीका उम्मेदवार रहेका थिए । सुरुमा केलालीबाट २०५१ सालमै कांग्रेसको क्रियाशिल सदस्यता लिएका नेता कुवँरलाई शैक्षिक क्षेत्र सुधारका नेतृत्वकर्ताका रुपमा लिईन्छ ।
उनकै पहलमा साँफेबगरमा पहिलो पटक निजि क्षेत्रको लगानीमा बोर्डिगं स्कुलको सुरुवात भएको थियो । उनि किन्डर गार्डेनका संस्थापक मध्येका एक हुन् ।
सरकारले घोषणा गरेका देशका मुख्य १० नयाँ शहर मध्येको एक साँफेबगर शहरको दुई कार्यकाल नगर विकास समिती अध्यक्ष भएर काम गरको अनुभव छ ।
प्रभाधम्कोट नमुना माबीका बिद्ययालय व्यावस्थापन समितीका अध्यक्ष नेता कुवँर नेपाल भारत मैत्री संघको दोश्रो कार्यकाल केन्द्रिय सदस्य रहेका उनि नेपाली कांग्रेस अछामको आमन्त्रीत जिल्ला सदस्य भएर काम गरिरहेका छन् ।
पार्टी संगठन र समाजका लागि अनवरत रुपमा क्रियाशिल कुवँरले आफुलाई यसपटक महाधिबेशन प्रतिनिधीका रुपमा अघि सारेका छन् ।
पार्टीलाई बलियो बनाउन र संगठन निर्माण र काार्यकर्तालाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
प्रतिक्रिया