काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।
आजको बैठकमा पनि एमालेले आफ्ना सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । बैठक अगाडि एमालेले आज संसदीय दलको बैठक बोलाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गर्दै आएको छ ।
प्रतिक्रिया