को ठूलो भन्ने विषयलाई लिएर मानव अंगबीच हानाथाप चल्यो। आँखा बम्कियो– ‘मेरो दृष्टि विना सृष्टि नै निस्सार छ। संसारका सबै सौन्दर्य मभित्र छन्। म नभए मान्छेले छामेर बाँच्नुको विकल्प थिएन।’ नाकलाई असह्य भयो। ऊ भन्न थाल्यो– ‘म भनेको इज्जत हुँ। इज्जतै नभए उज्यालो र सौन्दर्यको के अर्थ? अनुहारको बीचमा म त्यसै ठडिएर बसेको छैन। त्यसैले मेरो मर्यादा कसैले नाघ्ने प्रश्नै उठ्दैन।’ यी दुईको बडप्पन सुनेर कान र दाँतको पनि कन्सिरी तात्यो। उनीहरुले पनि आआफ्नो महत्त्वको दाबी गरे। यी सबैको माथापच्ची सुनेर मौन बसेको जिब्रोले भित्रभित्रै निर्णय गर्यो– ‘को ठूलो रहेछ अब म देखाइदिन्छु।’ यो अठोटसँगै उसले खानापिना त के पानी निल्नसम्म पनि नाकाबन्दी लगाइदियो। एकाध दिन त अरु अंग चुरीफुरी गर्दै थिए। तर खाना नै शरीरमा नपुगेपछि उनीहरु लल्याकलुलुक पर्न थाले। सबैको नौ नारी गल्दै गयो। अन्त्यमा जिब्रोलाई नेता मान्ने सहमतिपछि खेल खत्तम भयो। प्रतिस्पर्धामै भाग नलिएको जिब्रो अंगहरुको नेता छानियो।
एमसीसीको फेसनले अहिले मुलुकलाई स्वात्तै निलेको छ। तीजमा पत्नीले लाउने धोतीको रंगसम्म नचिन्नेहरु एमसीसी विश्लेषणका पारखी छन्। सडक बढार्ने, साग बेच्ने, मकै पोल्नेदेखि घर बनाउने कालिगढसम्मलाई एमसीसीले पोलेको छ। भट्टी होस् या पानपसल एमसीसीमय छ। थाहा छैन– यो प्रतिस्पर्धामा को खरो उत्रिएला, को निचो देखिएला? आँखा, नाक, कान, दाँतको जस्तै चलेको रस्साकस्सीले कसलाई कुन स्थान दिने हो? आफ्नै कान्छाबाउ तलमाथि पर्दा घाट जान जाँगर नलगाउनेहरुलाई एमसीसीविरुद्धको नाराजुलुसले माझ सडकमा ल्याएको छ। राजनीतिक दलका त कुरै छोडौं, एकाध दर्जन कार्यकर्ता भएका दलका नेताको बेग्लै चमकधमक छ।
आफ्ना सन्तान युरोप अमेरिका सेटल गरेका नेताहरु त्यही माटोविरुद्ध उभिनुलाई आफ्नो राजनीतिक जीवनको पहिलो र अन्तिम कर्तव्य ठानिरहेका छन्। मानौं राष्ट्रियता उनीहरुको जन्मजात ठेकेदारी हो। सत्तामा हुनेदेखि साना घिसिपिटी दलका स्वघोषित नेताहरुसम्म आँधीबेहरी ल्याउने बाहेक अरु कुरै गर्दैनन्। ‘चेतावनी’ दिनका लागि फेसबुक एकाउन्ट खोल्ने नै काफी छ। पाँच वर्ष ढुंगाको अक्षरजस्तो आयु पाएको कम्युनिस्ट सरकार सजिलै गयाराम भएपछि अबका सरकार आयाराम हुनुले कुनै तात्त्विक अर्थ नराख्ने स्पष्ट छ।
क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ।
संसारमा बनेका साँचो सज्जनका लागि हो। नियम कानुन र संविधानका ठेली जतिसुकै आकर्षक बनाए पनि त्यसको सौन्दर्य पालनामा हुन्छ। लैनो गाईको फाँचोमा पुगे पनि किर्नोले खाने रगत नै हो, दूध हैन। कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही हो। प्रायः मानिस टाकुरा चढ्ने सपना त देख्छन् तर घरअगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन्। हामी गर्वका साथ भन्दैछौं– नयाँ युगमा प्रवेश गर्यौं। तर यस युगको अन्तिम सीमा अन्तरिक्ष नभएर मानव मस्तिष्क हो भन्ने सत्य हेक्का राख्दैनौं। शास्त्र भन्छ– क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ। त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन्। संविधानका हकमा पनि यो सत्य पूरापूर लागू हुन्छ।
ऋग्वेद सुक्त ७२÷२ मा भनिएको छ– ‘असत्यमा सत्य स्थापित छ।’ कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ। इलेक्ट्रोन कहिल्यै नास हुँदैन। आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन्। आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत् पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ। मानिसको आहारविहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ। आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभाजन गरिएको छ। सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने जीवहत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ। यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र त्रूmर बनाई दुष्कर्मतिर धकेल्छ।
पत्याउनुहुन्छ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ। मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन्, जसलाई पैmलाउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ। तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ। मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ। नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आपूmमा सुरक्षित राख्नु आवश्यक छ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सबै वस्तु रंगहीन ठहर्छन्।
चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचारविचारमा सदैव दृढ रहन्छन्। जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ। कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ। तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन।’
१६ वर्ष पुगेको भोलिपल्ट ‘वीर गोरखाली युवा’को परिचय खाडीमा उँटको लिदी सोर्ने काममा अनुवाद हुँदा युवाको खाँचो देशले महसुस गर्दैन। हजार विदेश जाने क्रमसँगै दर्जन शव बाकसमा फर्कंदा कसैको मन द्रवित हुँदैन।
राजधानीको पानीले कसलाई कहाँ पुर्यायो थाहा छैन। तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ। तीन सय वर्षअघि काठमाडौंको मनोविज्ञानलाई अर्थ्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए, ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठुलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलखाल मात्र रहेछ . मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल्लाई मात्रै जाला भन्या यस्तो अविलाष थियो।’
नेपालको विकास किन भएन? धेरैका धेरै तर्क होलान्। तर मेरो ब्रह्मले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो। राजनीतिको प्रकृति कस्तो हुन्छ भन्नेमा विदुरको यस्तो मत छ-
सत्यानृता च परुषा प्रियवादिनी च।
हिंस्रा दयालुरपि चार्थपरा वदान्या।
नित्यव्यया प्रचुरनित्यधनागमा च।
वाराङ्गनेव नृपनीतिरनेकरूपा।।
अर्थात् कहिले साँचो, कहिले झूटो, कहिले कठोर, कहिले मधुर, कहिले हिंस्रक, कहिले खर्चिलो, कहिले प्रशस्त कमाउने। यस प्रकार वेश्यासमान राजनीतिका अनेकौं रुप हुन्छन्। हाम्रोमा राजनीतिले सुशासनको बीउ रोप्न सकेन। कानुन सोझाका लागि फस्ने र छट्टुका लागि उम्किने माध्यम बन्यो।
फलस्वरुप परपीडा यसरी पन्पिएर गयो कि रक्सीको सामान्य नशाको तलतल मार्न आलुको भाउमा मिर्गाैला बेच्नेहरु बढ्दा कसैको मन दुख्दैन। जस्ता पाताको छानो छाउने लोभमा छोरीचेलीको लर्को वेश्यालयतर्पm लाग्दा कुनै माइतीको चित्त काटिँदैन। १६ वर्ष पुगेको भोलिपल्ट ‘वीर गोरखाली युवा’को परिचय खाडीमा उँटको लिदी सोर्ने काममा अनुवाद हुँदा युवाको खाँचो देशले महसुस गर्दैन। हजार विदेश जाने क्रमसँगै दर्जन शव बाकसमा फर्कंदा कसैको मन द्रवित हुँदैन। स्वदेशमा बनिने नाममा विदेशमा पैसा तान्ने कोक, फ्यान्टाका उत्पादनमा ताली पड्काउने नेपाली आफ्नै माटोका उत्पादनमा आग्लो लाग्दा भोज खान तत्पर देखिन्छन्। मुलुकको राजनीति अँगार धोएर सुकिलो बनाउने कुकर्ममा नै अल्मलिरहन्छ।
देश पुलिस नभएर पोलिसीले चल्छ भन्ने सत्यलाई कसैले आत्मसात् गर्न सकेन। आजसम्मका सबै सरकार प्रमुख बद्नामी बोकेर सिंहदरबारबाट निस्किए।
संसार युरेनियमले उज्यालो बनाउने अभियानमा अघि बढिरहँदा असारे भेललाई हेरेर मेगावाटका सपनाबाट हामी ब्युँझन सकेनौं। खोइ, कुनचाहिँ बहुलठ्ठीले भनिदिएको जलस्रोतको दोस्रो धनी देशको पगरी भारा लाग्ने अवस्थामा पुग्दा पनि कसैको चेत फिरेको छैन। क्यासिनोको दाउले काम गर्न छोडेपछि यिनै सुकिलामुकिलाहरु सिंहदरबारलाई अल्मल्याएर खोलाको पानीमा दाउ हान्न तम्सिएका छन्। जमिन ओगटेको नपुगेर खोलाको पानीमा ‘ताजमहल’को बल्छी फ्याँकेर आर्जनका नयाँ नयाँ अस्त्र धारण गरिरहेका छन्। सिंहदरबार पसेका गिरिजाप्रसाददेखि प्रचण्डका क्रान्तिकारी धारलाई स्वागत र अभिनन्दनका नाममा चढाइएका फूलमालाभित्र छिरेका स्वार्थी झुसिलकिराले भुत्ते पारिदिए। देश पुलिस नभएर पोलिसीले चल्छ भन्ने सत्यलाई कसैले आत्मसात् गर्न सकेन। आजसम्मका सबै सरकार प्रमुख बद्नामी बोकेर सिंहदरबारबाट निस्किए।
राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ– समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन। समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ। अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का छ। – संकेत कोइराला / नेपालसमय
प्रतिक्रिया