अछाम : नेपाली काँग्रेस अछाम क्षेत्र न .१ को प्रदेश सभा ’क’ बाट प्रदेश प्रतिनिधि पदका लागि युवा नेता खेमराज खड्काले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन।
युवा नेता खड्काले नेपाली काँग्रेस अछाम क्षेत्र न .१ को प्रदेश सभा ’क’ बाट प्रदेश प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नं १ को पार्टी संगठन बलियो, शक्तिशाली र आम निर्बाचनमा पहिलो पार्टी बनाउन आफ्नो उमेद्वारी रहेको खड्काले बताए ।
करिब डेढ दशक देखि आफु पार्टीको राजनीतिमा सक्रिय भएर काम गर्दै आएको भएपनी लामो प्रतिक्षा पछि नेपाली काँग्रेसको १२औ अधिवेशनमा साबिकको लुंग्रा गाबिसको पार्टी सचिब र २०७३ सालमा ने.बि.संघ श्रीकोट क्याम्पस अछामको ईकाइ सभापति,नेपाली काँग्रेस चौरपाटी गाउँंपालिका पार्टी सचिब पदमा रहि काम गरेको अनुभव खड्कालाइ छ ।
प्रतिक्रिया