अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। सोमबार मेल्लेख गाउँपालिकाको ५ बिन्धेबासीनीको चौखुट्टेमा १५ शैया आधारभुत अस्पतालको उद्घाटन गरिएको छ।
मेल्लेख गाउँपालिकाका नागरिकलाई आधाभुत स्वास्थ्य सेवाका लागि गाउँपालिका बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पतालको स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताए ।
१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचनाको निर्माण र ४२ लाखको लागतमा उपकरण सहित कुल १ करोड ५३ लाख २० हजारको लागतमा आधारभुत अस्पतालको उद्घाघाटन गरिएको मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले बताए ।
हाल आधारभुत अस्पतालमा भिडियो एक्सरे, एक्सरे, अक्सिजन कन्सन्टेटर , १८ ओटा अक्सिजन सिलिन्डर , ल्याव १२ ओटा बेड सहित अन्य स्वास्थ्य सामाग्री रहेका छन् ।
प्रतिक्रिया