१४ औ महाधिबेशनलाई एकता, मेलमिलाप र सहमतीको महाधिबेशन बनाउनु पर्नेमा कांग्रेस नेताहरुको जोड
अछाम : नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले यसपटकको महाधिबेशनलाई एकता, मेलमिलाप र सहमतीको महाधिबेशन बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा कको बैठकमा बोल्दै सभापती स्वाँरले जिल्लाका वडामा उत्साहजनक सहभागीता सहित सहमतीमै कार्य समिति र प्रतिनिधी चयन भएको भन्दै आगामी अधिबेशनहरु पनि यहि रुपले सफल पार्न नेता कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा क का सभापति राजेन्द्र बहादुर कुँवरको सभापतित्व भएको बैठकका बिशिष्ट अथिति पूर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाहले सहमती, सहकार्य र मेलमिलापको नितीले अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकमा पूर्व राजदुत बलबहादुर कुवँर, पूर्व पार्टी सभापति मेघराज खड्का, महासमिती सदस्य राजन कुवँर, महाधिबेशन प्रतिनिधी टक्कर ताम्रकार, अर्जुन ताम्राकार, टिकाराम खनाल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
बैठकद्धारा प्रदेश सभा क अधिबेशन सम्पन्न गर्न विभिन्न उपसमिती गठन।
प्रदेश सभा क अधिबेशनलाई भव्य र सभ्य रुपमा सफल पार्न बैठकले बिभिन्न उपसमितीहरु गठन गरेको छ । प्रदेश सभा अधिबेशन मुल आयोजक उपसमिती, आर्थिक उपसमिती, मञ्च व्यावस्थापन उपसमिती, स्वागत उपसमिति, र्याली व्यावस्थापन उपसमिती र भोजन व्यावस्थापन समिती गठन गरेको नगर सचिव कृष्ण कुवँरले सुदूरआजलाई जानकारी दिए ।
नगर सचिव कुवँरका अनुसार प्रदेश सभा क का सभापति राजेन्द्र कुँवरको संयोजकत्वमा ३१ सदस्यि मुल आयोजक समिती, रेमन्त ठकुल्लाको संयोजकत्वमा आर्थिक व्यावस्थापन उपसमिती, महेश खड्काको संयोजकत्वमा प्रचार प्रसार उपसमिती, दिवश बुढाको संयोजकत्वमा मञ्च व्यावस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै महिला नेतृ भुवनेशवरि शर्माको संयोजकत्वमा स्वागत उपसमिती, नैंन सिंह थालारीको संयोजकत्वमा र्याली बाजागाजा व्यावस्थापन उपसमिती, राजेन्द्र कुँवरकै संयोजकत्वमा भोजन तथा आवास व्यावस्थायन उपसमिती पनि गठन गरिएको छ ।
प्रतिक्रिया