मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


ओमान (मस्कट) । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले केहीबेरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । अमेरिकाविरुद्ध खेलेको टोली नै आजको खेलमा नेपालका लागि खेल्ने छ ।

नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल आजको खेलमा केही उच्च मनोबलमा हुनेछ । ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिमसमेत हो । ओमानले १० खेलबाट १६ अङ्क जोडेको छ । ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

नेपाल भने ५ खेलबाट ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । पछिल्लोपटक सन् २०२० फेब्रुअरीमा भएका दुई खेलमा नेपाल पराजित भएको थियो । डिभिजन–२ अन्तर्गत नै पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपाल ८ विकेटले हारेको थियो ।

विश्वकप छनोटको एक रूपमा रहेको डिभिजन–२ टोलीले नौ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।