मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउँपालिकामा १२९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

चौरपाटी गाउँपालिकामा १२९ जनालाई अपाङ्गता परिचयपत्र वितरण


अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण र उद्योग तथा ब्यापार व्यवसाय दर्ता शिविर सम्पन्न गरेको छ । दर्ता शिविरबाट १२९ जनालाई अपाङ्गता परिचयपत्र तथा ६९ जनाले व्यवसाय फर्म दर्ता गरेका छन ।

गाउँपालिकाको आयोजनामा भाद्र १४ गते देखि २९ गते सम्म घुम्ति शिविरको आयोजना गरिएको थियो । शिविरमा ३२ रातो, ६६ निलो, २३ पहेलो र ८ जनालाई सेतो कार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

चौरमाण्डौ प्राथमिक केन्द्रका डाक्टर सरोज केसी सहितको टोलीले अपाङ्गता परिचयपत्र निमावलीको मापदण्ड अनुसार परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल साउदले जानकारी दिए । यस अघि अपाङ्गता परिचयपत्र महिला तथा वालवालिका कार्यालय अछामले वितरण गर्दै आएकोमा संघियता पछी स्थानिय तहलाई जिम्मा दिएको थियो ।

यस्तै शिविरमा सात वटै वडामा २८ जनाले कृषि तथा पशुपंक्षी फर्म, २७ जनाले खुद्रा तथा किराना पसल र ८ जनाले उद्योग व्यसाय दर्ता गरिएको छ । यस्तै शिविरमा ४ जना व्यवसायीले होटेल तथा २ जनाले मासु पसल दर्ता गरिएको गाउँपालिका आर्थिक विकास उद्योग तथा योजना शाखा प्रमुख नर बहादुर खडकाले जानकारी दिए ।

व्यवसायलाई करको दायरा, स्थानिय ब्यापार प्रवद्र्धन तथा गाउँपालिका अन्र्तगत व्यवसायको तथ्याङ्क अध्यावधी गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको अधिकृत खडकाले जानकारी दिए ।

उद्योग तथा ब्यापार व्यवसाय दर्ता कार्य निरन्तर रुपमा गाउँपालिकामा दर्ता गरिने गाउँपालिकाले जनाएको छ । उद्योग तथा ब्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य गाउँपालिकामा व्यवसाय दर्ता गरी सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।