मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रनमा समेटियो । 

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । ११२ बल खलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ९० रन बनाए । 

नेपालका लागि करण केसी अन्तिम विकेटको रूपमा बाहिरिए । उनले २१ रन बनाए । नेपालले पहिलो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा क्याच आउट भएका थिए ।

उनलाई बिलाल खानले आउट गराएका हुन् । त्यसपछि नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ५८ रनको साझेदारी गरे । ज्ञानेन्द्र २१ रन बनाएर आउट भए । उनी १२औँ ओभरको चौथो बलमा मोहमद नदिमको बलमा क्याच आउट भएका हुन् ।  

नेपालले आफ्नो तेस्रो विकेटको रुपमा रोहित पौड्याललाई गुमायो । रोहित २० रन बनाएर आउट भए । उनी २४औँ ओभरको पहिलो बलमा क्याच आउट भएका थिए । उनलाई ओमानका नेस्टोर धम्बाले क्याच आउट गराएका हुन् ।

नेपालका विनोद भण्डारी चौथो विकेटको रूपमा पेबेलियन फर्किए । उनी २८ ओभरको दोस्रो बलमा ६ रन बनाएर आउट भए । उनलाई नेस्टोर धम्बाले क्याच आउट गराएका हुन् ।

नेपालका सोमपाल कामी पाँचौँ विकेटको रूपमा बाहिरिएका हुन् । उनी ३१औँ ओभरको दोस्रो बलमा ७ रन आउट भएका हुन् । उनले १० बलबाट ७ रन बनाए ।

नेपालका कुशल मल्ल ३४औँ ओभरको अन्तिम बलमा बोल्ड आउट भएका हुन् । उनले ४ रन बनाए । कुशललाई बिलाल खानले बोल्ड आउट गाराए । 

नेपालले आफ्नो सातौँ विकेटको रूपमा गुमायो । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर बनाउने दोस्रो खेलाडी बन्ने क्रममा उनले ९० रन बनाए । यसअघि एकदिवसीय क्रिकेटमा पारस खड्काले शतकीय पारी खेलेका थिए । 

त्यस्तै बिक्रम सोब नेपालका लागि आठौँ विकेटको रूपमा पेवेलियन फर्किए । उनले २ रन बनाए । उनी ३६औँ ओभरको पाँचौँ बलमा बोल्ड आउट भएका हुन् । उनलाई बिलाल खानले क्याच आउट गराए । 

नेपालका लागि नवौँ विकेटको रुपमा सन्दीप लामिछाने १६ रन हानेर रन आउट भए । उनी ४०औँ ओभरको अन्तिम बलमा आउट भएका हुन् ।