मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न अभाव, व्यापार कम्पनी बन्द

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न अभाव, व्यापार कम्पनी बन्द


प्रमित विक, बाजुराः  बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा चामल सकिएको छ। व्यापार कम्पनीको गोदाममा रहेको मौज्दात चामल सकिएपछि २८ गते सोमबारबाट व्यापार कम्पनी बन्द भएको हो।  कम्पनी बन्द भएपछि टाढा–टाढाबाट चामल लिन पुगेका सर्वसाधारण रित्तो हात घर फर्कने गरेका छन्। 

३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध छ। सडक कहिले खुल्ने हो भन्ने अझै पनि अत्तोपत्तो छैन। साँफे–मार्तडी सडक खण्डको अमकोट लगायतका स्थानमा अहिले सडक खुलाउन सम्भव छैन। 

सम्भव नहुँदा पनि बैकल्पिक उपाय लगाएर अन्तबाट सडक खुलाउन प्रयास कसैले पनि गरेका छैनन्। सडक अवरुद्ध भएका कारण चामल ढुवानी हुन नसक्दा खाद्य व्यापार कम्पनीमा रहेको मौज्दात चामल सकिएको छ। यसले गर्दा बाजुरेली जनता प्रत्यक्ष मारमा परेका छन्।

बजारमा चामल महङ्गीका कारण खाद्य कम्पनीमा चामल विक्रि दर दैनिक रुपमा बढ्दै गएपछि चामल सकिएको हो। बजारमा चामलको भाउ बढेपछि बढीजसो आमसर्वसाधारण खाद्यको चामल नै किनेर खाने गर्दछन्। 

जिल्लाको पूर्वी उत्तरी भेग कोल्टी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखाको मौज्दात चामल समेत सकिएको छ। सडकै कारण ३ महिनासम्म चामल ढुवानी नहुँदा त्यहाँ पनि मौज्दात रहेको चामल सकिएको हो। 

शाखामा हाल प्राकृतिक विपद्का लागि ६० क्विन्टल मात्र चामल मौज्दात रहेको बताइएको छ। मौज्दात चामल सकिँदा त्यहाँका आमसर्वसाधारणलाई पनि समस्या भएको छ।  यस्तै  हाल जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा प्राकृतिक विपद् र जिल्ला कारागारमा रहेका कैदीलाई खान खुवाउनका लागि चाहिने ७० क्विन्टल चामल मात्र रहेको छ। 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले सडक खुले मात्र चामल ढुवानी गर्ने संकेत गरेको छ। सडक नखुलेसम्म चामल ढुवानी गर्न कुनै पनि विकल्प नरहेकाले दशैंपछि अथवा दशैंअघि चामल आउनसक्ने व्यापार कम्पनीले जनाएको छ। 

यो आर्थिक वर्षको लगभग ५/६ दिनभित्र ढुवानी सेक्टरको स्वीकृत हुने र त्यसपछि सके छिट्टै चामल ढुवानी गर्ने पहल गरिने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकले बताएका छन्। गोदाममा रहेको मौज्दात चामल सकिएपनि गहुँ विक्रि यथावतै रहेको छ। गहुँ १५० क्विन्टल मौज्दात रहेकाले गहुँ विक्रि वितरण यथावत रहेको निमित्त कार्यालय प्रमुख विकले बताए।

उनले साँफे मार्तडी–सडक खण्डको अम्कोट लगायतका थुप्प्रै स्थानमा पहिरो गएको र मानिसहरुलाई हिड्ने बाटो समेत नभएकाले सडक नखुलुन्जेल अहिले चामल ढुवानी गर्न सम्भव नभएको बताए।