अछाम : नेपाली कांग्रेसको प्रदेश अधिबेशन प्रतिनिधिका लागि युवा नेता सुशील प्रसाद भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन्।
मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट प्रदेश अधिबेशन प्रतिनिधिमा उम्मेदारी घोषणा गरेका हुन्।
नेपाल प्रेस यूनियन अछामका सचिव समेत रहेका भण्डारीले कांग्रेसका हरेक गतिबिधिलाइ संचारको माध्यम बाट प्रचार प्रसार गरिरहेका छन्।
नेपाली कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि पार्टीमा अब सक्रिय हुने भन्दै प्रदेश अधिबेशन प्रतिनिधिका उम्मेदारी घोषणा गरेको बताए ।
नेपाली कांग्रेसको हरेक कार्यक्रममा सहभागी हुने भण्डारी अब पार्टीका कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माणमा सक्रिय सहभागी हुन उम्मेद्धवारी हुने उनले बताए । यसपटक आफुलाई सहयोग गर्न सबै प्रतिनिधिलाइ आग्रह गरेका छन् ।
प्रतिक्रिया