मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस जिल्ला कार्य समिती सदस्यका लागि नेता बोगटीको उम्मेद्धारी

कांग्रेस जिल्ला कार्य समिती सदस्यका लागि नेता बोगटीको उम्मेद्धारी


अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको सदस्य पदका लागि अम्बर बोगटी मायालुले उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सदस्य रहेका नेता बोगटीले १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेस अछामको जिल्ला अधिबेशनमा सदस्य पदमा उम्मेद्धारी रहने उनले बताए ।

जिल्लाको सदरमुकाम रहेको तत्कालिन मंगलसेन गाविसको नेपाली कांग्रेसका सभापती रहेका नेता बोगटीले जिल्ला कार्य समिती सदस्य पदका लागि उम्मेद्धारी रहेने बताए ।

सदरमुकाम रहेको क्षेत्रमा कांग्रेसको संगठन निर्माणमा उनले सक्रिय भुमिका निर्वाह गरेका थिए । मंगलसेन नगरपालिका वडा नं. ३ मा कांग्रेसको संगठन नभएका बेला नेता बोगटीकै पहलमा बलियो संगठन निर्माण भएको बुझाई छ ।

उनले वडाको मात्र नभई मंगलसेन क्षेत्रमा समेत कांग्रेसको संगठन निर्माण र विस्तारका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । हाल क्षेत्र नं. २ का क्षेत्रिय सदस्य रहेका उनी कांग्रेसमा सक्रिय भएर काम गरिरहेका छन् ।

तत्कालिन गाविस अध्यक्ष हुदैँ क्षेत्रिय सदस्य निर्वाचित भईसकेपछि अब जिल्ला कार्य समितीमा रहेर काम गर्ने उनले बताए । बिचमा स्वास्थ्य अस्वस्थ भएपछि त्यति सक्रिय हुन नसकेपनि पछिल्लो समयमा आफु पार्टीका लागि सक्रिय भएरु काम गरिरहेको उनको भनाई छ ।