कालीकाेट – कालीकाेटको सदरमुकाम मान्म–खाँडाचक्र सडक खण्ड बन्द भएको छ । डोजर बोकेको ट्रक सडकमै पल्टिएपछि हिजो दिउँसोदेखि राजमार्ग बन्द भएको हो ।
नेपाल प्रहरी र स्थानीयले सडक छेउबाट सहायक सडक बनाएपछि साना गाडीहरु चले पनि मालवाहक तथा ठूला गाडीहरु सदरमुकाममै जाम लागेर बसेका छन् ।
खाँडाचक्र नगरपालिकाको शेरिघाटदेखि खडिखोल्लासम्म सडक हिलाम्मे छ । हरेक वर्ष बन्द हुने यो सडक सञ्चालनका लागि पालिकाले कुनै चासो नदेखाएको नागरिकको गुनासो छ ।
प्रतिक्रिया