मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरा नाति संग प्रतिष्पर्धा गर्ने अवस्थाका दिन रहेनन् : कडायत

छोरा नाति संग प्रतिष्पर्धा गर्ने अवस्थाका दिन रहेनन् : कडायत

मैले महाधिबेशन प्रतिनिधी लड्ने कुरा डिक्लिएर गरेको छैन


अब कांग्रेस अछामको नेतृत्व गर्ने मान्छै उदारबादी हुन आवश्यक छ : कडायत

२००७ सालमा तत्कालिन अछाम जिल्लाको चण्डिाका गाविसको बयालपाटामा जन्मेका नयन सिंह कडायत नेपाली कांग्रेस अछामको लगातार दुई कार्यकाल सभापति भएर पार्टीको नेतृत्व गरे । अछाम जिल्लाको एकमात्र हाईस्कुल महेन्द्र माध्यामिक बिद्यालय बयालपाटामा २०२५ सालमा बिद्यार्थीहरुको नेतृत्व गर्दै राजनिति प्रबेश गरेका कडायत संघ संगठन नभएकै बेला जनताको आवाजको कदर गर्दै राजनितिमा सक्रिय भएर लागे ।

राजनितिमा सक्रिय रहेका बेला समग्र जनताका आवाज र जिल्लाको गतिविधिका बारेमा अगुवाई गर्दा २०२७ सालमा प्रहरीले उनलाई ३ दिन हिरासतमा राख्यो । तर पनि उनले आफ्नो राजनितिक यात्रालाई पछी हट्न दिएनन् । तत्कालिन राजा बिरेन्द्रले ३०३२ सालमा गाँउ फर्क अभियान लाउदाँ अछाम जिल्लाको सदरमुकाम र अस्पतालका स्थापनाका बिषयमा बिबाद हुदाँ २०३४ सालमा साँफेबगरमा गोलीकाण्ड नै भयो, त्यो बेलाको आन्दोलनमा सक्रिय रहेका उनी कान्छो सदस्यका रुपमा जेलमा परे ।

२७ बर्षको हुदाँ ६ महिना काठमाण्डौँ हनुमान ढोका, १ महिना नेपालगञ्ज सैनिक क्याम्प र ६ महिना धनगढीमा जेलमा गरी १ बर्ष १ महिना जेल जीवन बिताए । उक्त जेल जीवनबाट मुक्त भएपछि उनी संगै अछामका डम्बर बहादुर स्वाँर, गंगबहादुर कुवँर, र गगन सिंह खड्का मिलेर भारतको पलियामा प्रतिवन्धीत पार्टीको स्थापना गरे । २०३५ देखि २०४८ सम्म कडायतले उक्त पार्टीमा उपाध्यक्ष भएर काम गरे ।

२०३६ सालमा बिपीले राष्ट्रिय मेलमिलापको निति लिएर नेपाल फर्किदा नेपालमा सुरु भएको जनमत संग्रहका बेला अछामका हरेक ठाँउमा गएर बोलेको स्मरण गर्दै उनि भन्छन् अछाममा पहिलो पटक युवा नेताको हिसाबले धमालीमा आफु वक्ताको रुपमा बोलेको थिएँ । उक्त कार्यक्रममा दैलेख र कालिकोट जिल्लाका नेता साथिहरु आएको उनि सम्झन्छन् । त्यसपछि पनि उनले आफ्नै नेतृत्वमा जिल्लाका अरु ठाँउमा पनि कार्यक्रम गरे । पञ्चयाती व्यावस्था र राजाको हुकुमी शासनको बेला कुनै अछामीको बोल्ने आँट र साहस थिएन उनि भन्छन् जनताको हक अधिकार र बहुदलको पक्षमा वकालत गर्दै प्रजातन्त्रको स्थापनाका लागि जिल्लाका विभिन्न ठाँउमा कार्यक्रम गरेँ । २०४२ सालमा सत्याग्रहको आन्दोलनमा बेला ९ महिना मंगलसेन दरवारमा बस्न बाध्य भएका नेता कडायतको राजनितिक जीवन, कांग्रेसको नेतृत्व, बर्तमान अवस्था र भावी कांग्रेस कस्तो हुनुपर्छ भन्ने बिषयमा नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको पूर्व सन्ध्यमा सुदूरआज संग गरिएको कुराकानी ।

सुदूरआजमा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

तपाईलाई नेपाली कांग्रेस अछामको नेतृत्व गर्ने अवसर कसरी प्राप्त भयो ?

बिद्यार्थी काल देखि नै म राजनितिमा होमिए । लगातार राजनितिमै सक्रिय भएर पञ्च्यात र राजाको हुकुमी शासनका बिरुद्ध सक्रिय हुदैँ जनताको हक अधिकार र बहुदल र प्रजातन्त्रका पक्षमा वकालत गरे । २०४९ सालको कुरा हो म र भैरब सिंह रावलका बिचमा प्रतिष्पर्धा भयो । तर उहाँले स्वतन्त्र उम्मेद्धवारी दिएपछि पार्टीले केन्द्रबाट खटाएको परिबेच्छेकले मलाई सभापती घोषणा गर्यो । त्यसपछि म २०५४ सम्म लगातार दोश्रो कार्यकाल पनि सभापती भएर पार्टी संचालन गरेर संगठन निर्माणमै सक्रिय रहेँ । तत्कालिन समयमा स्थानिय निर्वाचनमा सबै क्षेत्रपाल, गाविस अध्यक्ष र सभापतीको टिकट आफै बितरण गरे । त्यपपछि पार्टी फुटेको बेला २०५६ मा पनि संस्थापन पक्षको पार्टी सभापति भएर काम गरे । २०५३ मै नेपाल किसान संघको केन्द्रिय सदस्य भए र २०५६ मा उपसभापती भएर काम गरेँ । जनताको हक अधिकार र प्रजातन्त्रको लागि लड्दैँ गर्दा साढे ४ बर्ष जेल जिवन बिताए । ४ पटक महासमिती सदस्य भएँ । लगातार महाधिबेशन प्रतिनिधी भएर पनि गँए । केन्द्रका हरेक महाधिबेशनमा सुदुरपश्चिमबाट बोल्ले एक्लो सुभअवसर पनि मैँले पाँए ।

त्यो बेला र अहिलेको राजनितिलाई यहाँले कसरी मुल्यांकन गर्नुहुन्छ ?

अहिलेको के कुरा गर्नु देशमा कुनै एक जना राष्ट्रबादी नेता नै छैन । उ बेला जननायक बिपी, सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई जस्तो नेताले बनाएको यो देश र उनिहरुले अंगालेको बाटोमा नेपाली कांग्रेस पनि जान सकेन । उहाँहरुको बाटो पच्छयाउने नेता देशले पाउन सकेन । अहिलेका नेताहरु सब बिदेशीहरुको एस मेन भएर काम गरिरहेका छन् । यहि अवस्था रहिरहे देशमा राष्ट्रिय संकट नआउला भन्न सकिन्न् ।

तपाई लामो समय राजनितिमा लाग्नु भयो ? आफ्नो यात्रालाई कसरी लिनु भएको छ ?

म २००७ सालमा जन्मेको मान्छे, मैले व्यक्तीगत रुपमा के पाँए भन्दा पनि जनताले अधिकार प्राप्त गरे, १०४ बर्षे राणा पनि अन्त्य भयो, १७ बर्षको पञ्च्यात पनि हट्यो, २५० बर्षे राजसंस्था पनि गयो, माओवादीको जनयुद्ध पनि साम्य भयो । नेपाली जनताका छोराहरु राष्ट्रकै सर्वमान्य पदमा पनि पुगे । यो नै मुख्य उपलब्धी हो । तर पनि त्यो बेलाको राजनितिक संस्कार र जनताले अनुभुती गर्ने गरी काम हुन् सकेन ।

राजनिति गर्दै गर्दा आफुले देखेको सपना पुरा भयो जस्तो लाग्छ ?

जनताले अधिकार प्राप्त गरे, जनताका प्रजातान्त्रीक पद्धतीमा हुर्कन पाए, स्वतन्त्र रुपमा पार्टी खोलेर राजनिति गर्न पाए त्यो राम्रो पक्ष हो । तर जुन अहिले देशको अवस्था छ त्यो राष्ट्रकै लागि राम्रो छैन भन्ने मलाई लागेको छ ।

यहाँलाई ईमान्दारीता, त्याग, सर्मर्पण र निष्ठाको भावले राजनितिमा लाग्नु भयो भन्ने गरीन्छ ? यो अवधिमा कुनै लाभको पद पनि लिनु भएन, अहिले आफै ओझेलमा परे जस्तो लाग्दैन ?

अछाममा अझै पनि सामन्ती संस्कार मेटिएको छैन । पार्टी मात्र नभई समग्र कुरामा हामी नै हो भन्ने भाव हिजोको सामन्ती संस्कार र शासन गर्न खोज्नेहरुकै बाहुल्यता छ । अहिले पनि उनिहरुकै बिगबिगी छ । ईमान्दारीता, त्यागको मुल्यांकन नै भएन । अब त ईमान्दारिता, निष्ठा र त्यागको राजनितिको सम्भावना नै रहेन । अहिले त केछ भने जो संग पैसा, साधन र सौत छ त्यसको मात्रै राजनिति छ ।

मलाई के लाग्छ भने पार्टीको नेतृत्व गर्ने मान्छे एकदमै उदारबादी हुनुपर्दछ । पार्टीका लागि खटेर काम गर्न सक्ने, व्यक्ती त अमर कोही रहदैन् संस्था त सदैब रही रहन्छ । यो सस्थाको हितमा कसले कति योग्दान दियो भन्ने कुरा आम कार्यकर्ता र भबिष्यले गर्नेछ ।”

अबको दिनमा तपाईले भने जस्तो राजनिति सुध्रिएर बिधि र पद्धति अनुसार अघि बढ्ला त ।

सबैमा सदबुद्धी पलायो त्यागको भावना जाग्यो भने केही होला भन्ने आशा त छ तर त्यसको सम्भावना म देख्दिन् ।

उसो भए यत्रो लामो समय राजनितिमा लाग्नु भयो, पार्टीको नेतृत्व पनि गर्नु भयो, अघि टिकट पनि आफैले बाँडे भन्नु भयो, त्यो बेला कुनै लाभको पद लिनु भएन ? अहिले आएर महाधिबेशन प्रतिनिधी लड्ने कुरा सुनिएको छ । अहिलेको उम्मेद्धावारी के का लागि ?

म आर्थिक प्राप्त गर्ने पदमा गईन, त्यो साँचो हो । अरु पदहरुमा पनि अरुलाई नै पठाउने काम गरियो । जुन महाधिबेशनको कुरा छ । म स्वस्र्फुत रुपमा पछिल्लो समय अछाममा पार्टीका ३ वटा कार्यक्रममा सहभागी भएको छु । मैले आफुले नै महाधिबेशन लड्ने कुरा डिक्लिएर गरेको छैन् । अछामी युवाहरुले उहाँ एउटा नेपाली कांग्रेस अछामको जिउदो सहिद हुनुहन्छ भनेर युवाहरु नै मेरो पक्षमा बोलेका छन् । मैले आफै महत्वकांक्षा बोकेको छैन् ।

तपाईको प्रतिष्पर्धा गर्ने सम्भावना कत्तिको छ ?

म ७१ बर्षको भएँ । सबैमा सदबुद्धी पलायो भने पुराना कार्यकर्ता हुन, जिउदो सहिद हुन भनेर अभिभावकको हिसावले सर्वसम्मत रुपमा ल्याईदिने क्षमता कांग्रेसमा छ की छैन त्यो मलाई थाह छैन । आफै अघि सर्ने कुरा मेरो फाईनल भएर निर्णय लिएको छैन् । श्रोत साधन केही नभएको मान्छे कुनै लाभदायिक र आर्थिक प्राप्त गर्ने पदमा म पुगिन् । जनताको अधिकारको लागि त्याग गरे, एस म्यान भएर काम गरिन । त्यस्तो गर्नेहरु नै विभिन्न पद लिन सफल भए । अब दाईभाई त कहाँ थिए छोरा नाति संग प्रतिष्पर्धा गर्ने अवस्थाका दिन पनि रहेन । मैले कमाउन सकेको सम्मान र ईजज्त हो । मेरो त्याग र बलिदानको ईतिहासलाई कसैले मेटाएर मेटिनेवाला पनि छैन ।

अन्त्यमा तपाईको बिचारमा अबको कांग्रेस अछाम कस्तो हुनु पर्छ, कस्तो व्यक्ती नेतृत्वमा आउनु पर्छ जस्तो लाग्छ ?

मलाई के लाग्छ भने पार्टीको नेतृत्व गर्ने मान्छे एकदमै उदारबादी हुनुपर्दछ । पार्टीका लागि खटेर काम गर्न सक्ने, व्यक्ती त अमर कोही रहदैन् संस्था त सदैब रही रहन्छ । यो सस्थाको हितमा कसले कति योग्दान दियो भन्ने कुराको मूल्यांकन आम कार्यकर्ता र भबिष्यले गर्नेछ । तसर्थ अछामी जनताहरुले भन्न सकुन कि फलानाले यस्तो काम गरेको थियो त्यसको नेतृत्व राम्रो थियो भन्ने खालको नेतृत्व आवस भन्ने मेरोे धारणा हो ।