अछाम । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस अवसरमा स्व. नेता सिंहलाई सम्झदै नेपाली काँग्रेस अछामका जिल्ला कार्यसमिति अछामका सदस्य पुष्पराज शर्माले जिल्लाको क्षेत्र नः २ को क्षेत्रिय सभापति पदका लागी आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।
राजनीतिक त्याग र साहसका प्रतीक गणेशमान सिंहको २४ औँ स्मृति दिवस अवसरमा तुर्माखाँद गाउँपालिका अध्यक्ष समेत रहेका शर्माले ठुलासैनमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रिय सभापतिका लागी आफ्नो उम्मेद्धारी रहको घोषणा गरे ।
नेपाली काँग्रेसलाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुदृढ र सक्षम काँग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको शर्माले पत्रकार सम्मेलनमा बताए । १२ औँ महाधिबेशन देखि क्षेत्रिय सभापति पदमा प्रतिष्पर्धा गर्दै पराजित भएका शर्माले १४ औँ महाधिबेसनमा पनि उम्मेद्धारी रहेको उद्घोष गरे।
नेपाल बिद्यार्थि संघको राजिनिती गर्दै काँग्रेसको राजनितिमा सक्रिय रहेका शर्माले २०७४ सालको स्थानिय तहको निर्बाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हाँसिल गरेका थिए ।
पछिल्लो समय नेपाली काँग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेको प्रति संकेत गर्दै उहाँले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको शर्माले बताए । पार्टिभित्र आफ्नो कुनै ठुलो माग नरहेको भन्दै उनले आफ्नो राजनितिक यात्रा जहाँनिर रोकिएको छ, त्यसैबाट फेरी सुरुवात मात्र गर्न खोजेको बताए ।
पार्टिभित्र यूवाहरु नेतृत्वमा आउनुपर्ने कार्यक्रताको माग अनुसार नै यसपटक पनि आफ्नो उम्मेद्धारी घोषणा भएको उनको भनाई छ । आफु सभापति पदमा बिजयी भएको खण्डमा यूवाहरुकै चाहाना बमोजिम पार्टिभित्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टिको उच्च तहमा जाने आफुले चाहाना नराखेको बताउँदै उनले नेपाली काँग्रेसको पार्टि संरचनालाई क्षेत्रिय स्तरबाटै सुदृढ गर्न चाहेको उल्लेख गरे। पार्टिभित्र योगदान गरेका कार्यक्रताको मुल्याँकन गर्दै उनिहरुलाई उचित स्थान दिने आफ्नो योजना रहेको शर्माले पत्रकार सम्मेलनमा जानकारी गराए ।
अछाम जिल्लामा नेपाली काँग्रेसलाई बिधि र बिधान अनुसार नै चलाएमान गराउनका लागी आफुले काम गर्ने उनको भनाई छ । १२ औ महाधिवेशनमा ३ मतले क्षेत्रीय सभापतिमा पराजित भएका शर्माले १३ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पुन उम्मेद्धारी दिएर मत बराबरी हुदा गोला प्रथा बाट समेत पराजित भएका थिए ।
प्रतिक्रिया