मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसुनजीलाई नेपाल रत्न, सुवर्णशम्शेरलाई राष्ट्र गौरव

किसुनजीलाई नेपाल रत्न, सुवर्णशम्शेरलाई राष्ट्र गौरव


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पदकको घोषणा गरेकी छन् ।

मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा भएको छ ।

नेपालको सबैभन्दा ठूलो मानपदवी ‘नेपाल रत्न’ मरणोपरान्त  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ ।

यसैगरी राष्ट्र गौरवबाट मन्त्रिपरिषदका पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिन लागेको सार्वजनिक सूचनामा उल्लेख छ ।

त्यसैगरी महाउज्ज्वल राष्ट्रदीप सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, स्व. तुल्सीलाल अमात्य, स्व. मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ । 

यी सहित ९०३ जनालाई विभूषित गर्न लागिएको गोरखापत्रमा सूचना प्रकाशित गरिएको छ ।