मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ दशक बढी सुचना प्रविधिको क्षेत्रमा कार्यरत दिपक बिष्टको अध्यक्षतामा क्यान महासंघ बाजुराको गठन

२ दशक बढी सुचना प्रविधिको क्षेत्रमा कार्यरत दिपक बिष्टको अध्यक्षतामा क्यान महासंघ बाजुराको गठन


बाजुरा — बाजुरा जिल्लामा पहिलो पटक क्यान महासंघको जिल्ला कार्य समिती गठन गरिएको छ । कम्प्युटर व्यावसायीहरुको संगठन कम्प्युटर एशोसियन (क्यान) महासघंको गठन गरिएको हो ।

कम्प्युटर एशोसिएशन महासघं सुदूरपश्चिम प्रदेश समिती अन्र्तगत बाजुरा जिल्ला यसको शाखा गठन गरिएको हो । बाजुरामा कमिटी गठन भएसंगै सुदूरपश्चिमका ९ वटै जिल्लामा महासंघले आफ्नो शाखा स्थापना गरेको छ ।

जिल्लामा सुचना प्रविधिका क्षेत्रमा काम गर्ने र कम्प्युटर सम्बन्धी ज्ञानको बृद्धि बिकास गर्ने उदेश्का साथ क्यान महासघं गठन गरिएको बताईएको छ ।

बाजुराको जिल्लाको बाम्का बजारमा भएको एक कार्यक्रमले कम्प्युटर एशोसियन (क्यान) महास.घ जिल्ला शाखा बाजुराको गठन गरिएको आयोजकले जनाएको छ ।

सुचना प्रविधिको क्षेत्रमा कार्यरत दिपक बिष्ट अध्यक्ष रहने गरी नौ सदस्यि जिल्ला समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा हेम बहादुर थापा, सचिव दिल बहादुर बुढा, कोषाध्यक्षमा धर्म थापा रहेका छन् ।

सदस्यहरुमा लाल बहादुर बुढा, पारस थापा, गणेश बुढा रहेका छन । त्यसै गरी दुई जना सदस्य मनोनित भएका छन । मनोनित हुने सदस्यहरुमा नरेश पन्त र डवल रावत रहेका छन ।

क्यान महासंघ सुदूरपश्चिम प्रदेश सचिव धन बहादुर बोगटीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघ केन्द्रिय समितिका सचिव हर्क सेट्टी रहेका थिए । कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य तथा अछामका पूर्व अध्यक्ष खेम राज ढुगानाको सहभागिता रहेको थियो।

दिल बहादुर बुढाले संचालन गरेको कार्यक्रममा डोटी जिल्ला अध्यक्षको समेत सहभागीता रहेको डवल रावतले जानकारी दिएका छन ।

को हुन नवनिर्वाचित अध्यक्ष बिष्ट

क्यान महासंघ बाजुराको अध्यक्षमा र्निविरोध चयन भएका दिपक बिष्ट बिगत २ दशक देखि सुचना प्रविधिको क्षेत्रमा कार्यरत छन् । सुचना प्रविधि सम्बन्धी भारतमा अध्ययन सकेर नेपाल फर्केका बिष्टले २०६५ सालमा अछाम जिल्लामा पहिलो पटक सुचना प्रविधिका क्षेत्रमा काम गरेका थिए । उनले अछाम जिल्लामा पहिलो पटक बोर्डब्याण्ड कनेक्शनबाट ईन्टरनेटको सुरुवात गरेका थिए ।

उनले जिल्लामा कम्प्युटर सम्बन्धी जानकारी गराउनका साथै यसका क्षेत्रमा काम गरेका थिए । त्यसपछि मात्र अछाम जिल्लामा सुचना प्रविधी र कम्प्युटरको सुरुवात भएको थियो । त्यसपछि उनले २०७३ सालमा बाजुरा जिल्लामा पनि सुचना प्रविधीको क्षेत्रमा काम गरेको अनुभव लिएका छन् । बोर्डब्याण्ड कनेक्शनबौ बाजुरा जिल्लामा पनि बिष्टले ईन्टरनेटको सुरुवात गरेका थिए ।

कामको शिलसिलामा न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालसंग आवद्ध रहेका बिष्टले अस्पतालमा डिजिटल प्रविधीको सुरुवात गरेका थिए । स्वास्थ्य प्रणालीलाई सुचना प्रविधी संग जोड्न उनले पहिलो पटक अस्पतालमा डिजिटल प्रणालीको सुरुवात गरेका थिए । कागत रहित स्वास्थ्य सेवा बनाउन उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

बिगत १ दशक भन्दा बढी अस्पतालको सुचना प्रविधी, इन्टरनेट तथा नेटवर्किगंमा काम गरेर लामो अनुभव संगालेका बिष्ट सुदूर आज मिडिया नेपालका अध्यक्ष पनि हुन् । ईन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंक संग पनि सहकार्य गरेर उनले अछाम बाजुरामा काम गरेका छन् । उनि हालै मात्र सुरु भएको खप्तड नेटका संचालक समेत हुन् ।