अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एकिकृत समाजवादीको नगर कमिटी गठन गरिएको छ । साविक नेकपा एमाले माधव नेपाल समुहमा रहेका पूर्ण राना नेतृत्वमा नगर कमिटी गठन गरिएको हो ।
तत्कालिन माधव समुह अन्र्तगत नै गठन भएको नगर कमिटिले नै नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको छ।
कमिटीका अध्यक्ष रानाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले २७ सदस्यीय नै एकीकृत समाजवादीमा समाहित गरेको हो।
कमिटीको उपाध्यक्ष पुर्ण रावल, सचिवमा खगेन्द्र सोडारी र सह(सचिव खगेन्द्र शाही लगायत २७ सदस्यीय नगर कमिटी रहेको बताईएको छ ।
बैठकमा एकीकृत समाजवादीका नेता नमराज न्यौपाने र नयन सोडारिको पनि उपस्थिती रहेको थियो।
प्रतिक्रिया