अछाम । नेपाली कांग्रेस क्षेत्र नंं २ अन्र्तगत प्रदेश सभा ख को बैठक मंगलसेनमा सम्पन्न भएको छ । प्रदेश सभा खका सभापती पूर्ण बहादुर रावलको अध्यक्षतामा भएको बैठकले बिभिन्न निर्णय गरेको छ ।
बैठकले प्रदेश सभाको अधिबेशन सफल पार्न व्यावस्थापन समिती गठन गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नंं २ का सदस्य अम्बर बहादुर बोगटी मायालुको संयोजकत्वमा ३ सदस्यि प्रदेश अधिबेशन व्यावस्थापन समिती गठन गरेको क्षेत्रिय सचिव रविन्द्र बहादुर शाहीले जानकारी दिए ।
यहि असोज १२ गते हुने प्रदेश अधिबेशन बसाई अनुकलता, मौसमका हिसाबले मंगलसेनमा अधिबेशन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले यसअघि सम्पन्न वडा अधिबेशनबाट निर्वाचित वडा सभापती र क्षेत्रिय प्रतिनिधीलाई बधाई ज्ञापन गर्ने निर्णय पनि गरेको सचिव शाहीले बताए ।
प्रतिक्रिया