मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको सचिवका लागि टक्कर शाहको उम्मेद्धवारी घोषणा

कांग्रेस अछामको सचिवका लागि टक्कर शाहको उम्मेद्धवारी घोषणा


अछाम ; नेपाली कांग्रेस अछामको सचिव पदका लागि नेता टक्कर बहादुर शाहले उम्मेद्धवारी घोषणा गरेका छन् । २०४२ सालमै अछाम काठमाण्डौँ सम्पर्क समितीको सदस्य भएका नेता शाहले १४ औँ महाधिबेशन अन्र्तगत हुने नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनमा सचिव पदका लागि उम्मेद्धवारी घोषणा गरेका हुन् ।

२०५१ सालमा स्वतन्त्र बिद्यार्थी युनियनमा उम्मेद्धवार बनेका नेता शाह २०५२ सालमा नेपाल ल क्याम्पसमा पढ्दै गर्दा नेविसंघको ईकाई सभापति भएका थिए । नेविसंघ बाटै आफ्नो राजनिति यात्रा सुरु गरेका शाहले यसपटकको महाधिबेशनमा कांग्रेस अछाम जिल्लाका कार्य समिती सचिव पदका लागि उम्मेद्धवारी घोषणा गरेका हुन् ।

२०६१ सालमा त्रिभुवन बिश्वबिद्यालयमा स्वतन्त्र बिद्यार्थी युनियनमा सचिव पदका उम्मेद्धवार बनेका शाहले २०४९ साल साढे २ बर्ष सर्वोच्व अदालतमा काम गरेको अनुभव पनि छ । यस्तै शाहले दुई बर्ष ६ महिना कानुन मन्त्रालयमा तत्कालिन कानुन मन्त्री भिम बहादुर तामागंको निजि सचिवालयमा सल्लाहकार भएर काम गरेका थिए ।

२०६२ ०६३ को जन आन्दोलनमा सहभागी हुदैँ गर्दा नेता शाहले बिभिन्न समयमा गरी १७ दिन जेल सजाय पाएका उनले २०५१ सालको चुनाव र २०५५ सालमा अछाम कारागारमा १५ दिन जेल जीवन बिताएका थिए । २०६२ ०६३ को जन आन्दोलनमा उनले सात दलिय बिद्यार्थी संगठनको सदस्य भएर पनि काम गरेका थिए ।

अछाम जिल्लाका ४० वटा वडामा सुधाधरिएको चुलो, सुधारिएको घट्ट निर्माण र आय आर्जनका कार्यक्रममा समेत काम गरेका शाहले २०६३ देखि अछामका जिल्लाका बिभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक क्षेत्र पविरर्तनका लागि समेत काम गरेका थिए । राजनिति र समाज शास्त्रमा स्नातोकत्तर र बिएल सम्मको अध्ययन शाहले पुरा गरेका छन् ।