मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी नेता राजेन्द्र शाहको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी

समाजसेवी नेता राजेन्द्र शाहको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी


अछाम । नेपाली कांग्रेस अछामका नेता परोपकारी व्यक्ती राजेन्द्र बहादुर शाहले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका छन् । उनले १४ औँ महाधिबेशनमा अछाम क्षेत्र नं. १ का महाधिबेशन प्रतिनिधीमा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

सामाजिक कार्यमा अग्रपंक्तीमा रहेका मनकारी नेता शाहले नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको सेवामा सर्मपित हुन आफ्नो उम्मेद्धारी रहेको बताए ।

कांग्रेसलाई बलियो बनाउनुका साथै जिल्लाका युवाहरुलाई अगाडी बढाउन र जनताका समस्यालाई समाधान गर्न आफु सक्रिय भएर लाग्ने उनको भनाई छ । साथै कांग्रेसका नेता कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने पनि उनको भनाई छ ।

समाजसेवाको अग्रपंक्तीमा नेता शाह

मनकारी भावनाका समाजसेवी नेता हुन् राजेन्द्र बहादुर शाह । उनि आफु केही समय काठमाण्डौँ बसेपनि अछामी जनताको पिर मर्कालाई सधैँ चाँसोका रुपमा लिने गर्दछन् ।

‘म आफु कामको शिलसिलामा जिल्ला बाहिर भएपनि मेरो मन मष्तिस्क अछामै हुन्छ नेता शाहले भने म आफु टाढा भएपनि अप्ठेरो परेका बेला जनताको साथमा छु’ । बेला बखत अछामका गाँउ ठाँउमा आएर समस्या बुझेर उनि समाधानका लागि पहल कदमी लिने गर्दछन् ।

उनी अछाममा मात्रै नभई जिल्ला बाहिर पनि अप्ठेरोमा परेका युवा, बिद्यार्थी र अन्य नागरिकलाई पनि सहयोग गर्दछन् । अछाममा केही बिपत्ती वा अप्ठेरो परे पहिलो नम्बरमा शाह सहयोगी बनेर आउछन् ।

उनी जिल्लाका युवाहरुलाई बिशेष जोड दिएर सहयोगी भुमिका निर्वाह गरिरहेका छन् । यस्तै असाह्य, गरिब, दिनदुखी जनताको लागि शाहले बिगत देखि नै सहयोग गर्दै आईरहेका छन् ।

अछाम जिल्लामा हुने बिभिन्न सामाजिक कार्यमा समेत शाहले सहयोग गर्दै आईरहेका छन् । यसअघि भएका साँफेबगर महत्सब, बैध्नाथ महत्सवमा समेत आर्थिक सहयोग गरेका थिए ।

नेता शाहले बिगत देखि नै १२ जना बालबालकालाई काठमाण्डौँमा पढाईका लागि सहयोग गरिरहेका छन् भने कोभिड १९ को संक्रमणका बेला जिल्लाका बिभिन्न स्वास्थ्य संस्था, प्रहरी प्रशासन, पत्रकार, सुरक्षाकर्मी र पालिकाले उनले उल्लेख सहयोग गरे ।

जिल्लामा औषधी अभाव भएका बेला पनि नेता शाहले काठमाण्डौँ बाट औषधी पठाएर सहयोग गरेका थिए । नेता शाहले आगामी दिनमा पनि परोपकारी कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

आगामी शैक्षिक सत्र देखि अछाम क्षेत्र नं. १ का ६ देखि १२ बर्ष उमेर समुहका ५० जना गरिब जेहेन्दार बिद्यार्थीलाई पठनपाठनमा आर्थिक सहयोग गर्ने उद्घोष समेत गरेका छन् ।