चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र राष्ट्रियता, समाजवाद र लोकतन्त्रभन्दा बाहिर गएको बताएका छन् ।
आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले भने सही लाइन समातेको बताए । “प्रचण्डले लाइन छोड्नु भएको छ । समाजवादी लाइन, समृद्धि र राष्ट्रियता विरोधमा उभिनु भएको छ ,” बादलले भने ।
प्रचण्डले नयांँ गुट तयार गरेको भन्दै बादलले प्रचण्डजस्ता नेताहरुले देशको समृद्धि, पूंँजीवाद र यथास्थितिबादलाई प्रश्रय दिएको उनको आरोप थियो । “उनले अहिले नयांँ गुटको सरकार गठन गरेका छन् । कम्फर्टटेबल सरकार गठन गरेका गरेका छन्,” बादलले भने ।
एमसीसीबारे बोल्दै बादलले यसअघिका बुंँदाहरुलाई शंशोधन गरी अघि बढ्नु पर्ने पार्टीको धारणा भएको उनले बताए ।
प्रतिक्रिया