अछाम । नेपाली काँग्रेस मंगलसेन नगरपालिकाको नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न नगर अधिवेशनबाट झपट बहादुर रावलको सभापतित्वमा सर्वसम्मत रुपमा नगर कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा हेमराज भण्डारि र पुरन बिस्ट, सचिवमा बेद बहादुर थापा र मिलन रावल, सहसचिवमा ललित कुमार कडायत र राम प्रशाद भाटलाइ चयन गरिएको छ ।
नव निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत नारायण ढुंगानाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
नगर कार्यसमिति जम्मा ७७ सदस्यीय चयन गरिएको नवनिर्वाचित सचिव बेद बहादुर थापाले जानकारी दिए ।
नगर अधिवेशनको उदघाटन सत्रमा नेपाली काँग्रेस पूर्व जिल्ला सभापति पुष्पबहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो भने अन्य नेता कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया