अछाम : जिल्लाको मंगलसेन नगरपालिकामा अनुगमन तथा मुल्यांकन र गुनासो सुनुवाई सम्बन्धी २ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । मालिका विकास संघ अछामको आयोजनामा मंगलसेन नगरपालिकामा गोष्ठी भएको हो ।
मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, सबै वडाका वडाध्यक्ष, बिषयगत शाखाका प्रमुख लगायतको सहभागी रहेको थियो ।
गोष्ठीको सहजिकरण मालिका विकास संघका रतन रावल र अन्य प्रतिनिधीले गरेका थिए । कार्यक्रममा टोल विकास समितीका पदाधिकारी समेतको सहभागिता रहेको नगरपालिकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले बताए ।
प्रतिक्रिया