काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली परिवर्तन गर्ने आवाज उठाए आफूहरूले जित्ने बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आन्दोलन छेडे विजयी हुने बताए ।
“यो दलाल पुँजिपति र नोकरशाह पुँजीपतिहरूको पैसामा बिक्ने निर्वाचन प्रणालीको ठाउँमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भन्यो भने के हुन्छ त ?,” उनले भने, “आन्दोलन हुन्छ, हामी जित्छौँ । मलाई विश्वास छ, हामी जित्छौँ । हतियार उठाउन नि पर्दैन । हिंसामा जानुपनि पर्दैन । लाखौँ जनता सडकमा ल्याइदिएपछि पुग्छ ।”
उनले पहिलेको निर्वाचनमा खर्च गर्न नपरेको र अब पैसा खर्च गरे पनि जित्न नसक्ने अवस्था भएको बताए ।
निर्वाचनको प्रणाली, शाासकीय स्वरूप, संविधान संशोधन लागयतका विषयमा आन्दोलन छेडे ती कुरा प्राप्त हुने बताए ।
प्रतिक्रिया