मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?

बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?


काठमाडौं- मानिसले ३० वर्ष पार गरेपछि अनिवार्य व्यायाम गर्ने, खानपानमा सर्तक हुनुपर्ने स्वास्थ्य जाँच गराउन पर्ने विषयमा सचेत हुनपर्ने बताइन्छ। बालबालिका वा किशोरकिशोरीको हकमा भने व्यायामलाई खासै महत्व दिइँदैन। उनीहरु खेल्‍ने, उफ्रने, दौडिने भएका कारण शरीर लचिलो हुन्छ र रोग लाग्दैन भन्‍ने बुझाइ छ। 

के बालबालिकालाई व्यायाम आवश्यक छैन ? 

चाहे उमेर पुगको होस् वा कलिलो, शारीरिक रुपले सक्रिय रहनुपर्छ। खासगरी उमेर ढल्कदै गएपछि हामी शारीरिक सक्रियता अरु बढी महसुष गर्छौं। शरीरलाई चुस्त र फुर्तिलो राख्न मात्र होइन, संभावित रोगबाट बच्न पनि हामी सक्रियता खोज्छौं। शरीर सक्रिय भएमा रोग लाग्दैन भन्छौं। त्यसैले हामी बिहान दौडन्छौं, व्यायाम, योग, प्राणायाम गर्छौ, दिनभर सक्रिय रहन्छौं।

बालबालिकाको सन्दर्भमा भने हामी यी कुराहरुलाई खासै आवश्यक मान्दैनौ। बच्चाको शरीर यसैपनि लचिलो हुन्छ उनीहरुलाई व्यायामको आवश्यकक्ता पर्दैन भन्छौं। तर, यो गलत बुझाई हो।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागका दिशानिर्देशकका अनुसार ६ वर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ। अध्ययन अनुसार बच्चाले सप्ताहमा कम्तीमा तीन पटक एरोबिक वा यस्तै किसिमको व्यायाम गर्नु जरुरी छ। जबकी सप्ताहको बाँकी तीन दिन मांसपेशी र हड्डी बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ।

के भन्छ अध्ययन?

बालबालिकाको शारीरिक र मानसिक विकासको लागि तीनदेखि पाँच बर्षको उमेरमा शारीरिक रुपले सक्रिय राख्न आवश्यक छ। आमाबुवाले आफ्ना बालबालिकाको शारीरिक सक्रियतामा ख्याल राख्नुपर्छ। उनीहरुलाई खेलकुदको माध्यामबाट पनि यसमा प्रेरित गर्न सकिन्छ। व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ।

पछिल्लो वर्ष ‘अमेरिका एकेडेमी अफ पीडियाटि्रक्स नेशनल कन्फरेन्स एन्ड एक्जिबिसन’मा प्रस्तुत एक अध्ययनमा के पाइयो भने अभिभावकले बच्चाको शारीरिक गतिविधिमा त्यती महत्व दिइएको पाइँदैन। जो बालबालिका शारीरिक रुपमा सक्रिय छन्, उनीहरु पनि हप्तामा दुई वा तीन दिनमात्र सक्रिय हुन्छन्।

बालबालिकाका लागि योग

बालबालिकालाई योगमा पनि अभ्यस्त गराउन सकिन्छ। योग समूचित व्यायाम पनि हो। बालबालिकाले जुनसुकै किसिमको योग आसन अभ्यास गर्न सक्छन्। उनीहरुको शरीर लचिलो र फुर्तिलो हुने भएकाले उनीहरुलाई विभिन्न योग आसनको अभ्यास गर्न त्यती कठिनाइ पनि हुँदैन।

यद्यपी बालबालिकाकै शारीरिक अवस्थालाई मध्यनजर गरेर कतिपय योग विधी एवं आसन निर्धारण गरिएका छन्। ति योग विधीमा बालबालिकालाई अभ्यस्त गराउन सकिन्छ। योगका साथै प्राणायाम र ध्यानमा पनि उनीहरुलाई अभ्यस्त गराउन सकिन्छ।