अछाम । नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय मंगलसेन अछामले मृत्यु दाबी रकम मृतकका आफन्तलाई भुक्तानी गरेको छ ।
बिमा कम्पनीमा बिमित बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घरभई मंगला नेरा मावि वलिगाउका प्राधानाध्यापक बम बहादुर थापाको मृत्यु भएपछी दाबि रकम उहाँकी श्रीमती पार्वती थापालाई हस्तान्तरण गरिएको हो ।
मृतक थापाकी श्रमती पार्वतीलाई ९ लाख ६९ हजार बराबरको चेक उपशाखा प्रमुख पदम बहादुर थ्यायत, एजेन्सी मेनेजर ईश्वर बहादुर रावलले हस्तान्तरण गर्नु भएको शाखाका कर्मचारी सनत न्यौपानेले बताए ।
गत बैशाखमा २२ गते कोरोना संक्रमणका कारण मृत्यु भएका प्राधानाध्यापक थापाले नेपाल लाईफमा ८ लाख बराबरको बिमा गरेकोमा ४ वटा किस्ता भुक्तानी गरेका थिए ।
प्रतिक्रिया