मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओली तानाशाह हुन्, आत्मप्रशंसामा रमाइरहेछन् : पौडेल

केपी ओली तानाशाह हुन्, आत्मप्रशंसामा रमाइरहेछन् : पौडेल


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी ओलीमाथि खनिएका छन्। तनहुँको भानु नगरपालिकामा शनिबार आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘केपी केपी शर्मा ओली तानाशाह हुन्। उनी अहिले आत्मप्रशंसामा रमाइरहेका छन्।’ 

एमालेको जारी विधान महाधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएको, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्बिर नराखएिको र पानीका बोतलमा समेत फोटो टाँसेर ओलीले आत्मप्रशंसा चाहेको पौडेलको भनाइ छ। 

‘ओलीले देशलाई तानाशाही व्यवस्थातर्फ लैजान खोजेका थिए। त्यसलाई हामीले बचायौं’, उनले भने। ओलीले सिंगो नेपाललाई नै निल्न खोजेको आरोप लगाएका थिए। उनले यसविरुद्ध आफूले बन्दीपुरबाट चुनौती दिएको पनि बताए।

पौडेलले लोकतन्त्र रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको बताए। ‘रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो। मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ’, पौडेलले भने। यस्तै उनले  पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए। 

उनले भने, ‘चुनावले पार्टीमा हलचल ल्याएको छ। रक्तसंचार ल्याएको छ। चुनावले नेपाली कांग्रेसलाई अझै बलियो बनाएको छ।’