मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी निर्वाचनमा सबै कम्युनिस्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागत राख्‍नुपर्छ : गगन

आगामी निर्वाचनमा सबै कम्युनिस्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागत राख्‍नुपर्छ : गगन


काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागतका साथ कांग्रेस अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै शनिबार नेता थापाले कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याएका छन्। 

उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताए।

नेता थापाले भने, ‘कोहीसँग मिलेर होइन, सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्‍ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसलाई छोटो समयमा शुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ।’

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबीसमेत उनले गरेका छन्। उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याएका छन्।