मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेजोनले सार्वजनिक गर्‍यो आफ्नो पहिलो ‘होम रोबोट’, यस्ता छन् विशेषता

अमेजोनले सार्वजनिक गर्‍यो आफ्नो पहिलो ‘होम रोबोट’, यस्ता छन् विशेषता


वासिङटन । अमेजोन कम्पनीले मंगलबार लामो समयदेखि चर्चा गर्दै आएको आफ्नो पहिलो ‘होम रोबोट’ सार्वजानिक गरेको छ । घरका लागि उपयोगी हुने भएकाले यसलाई होम रोबोट भनिएको हो जसलाई ‘एस्ट्रो’ को नामले पनि बोलाइन्छ । यसको मूल्य चाहिँ ९९९ डलर तोकिएको छ । 

तर यसलाई अमेजोनले तुरुन्तै विक्रीमा राख्नेछैन । मानिसहरुले पहिले यसका लागि साइन–अप गर्नुपर्ने हुन्छ र पछि कम्पनीले अर्डर गर्न निम्ता गरेपछि मात्र खरिद गर्न पाइनेछ । कम्पनीले एकैपटक धेरै ग्याजेट निर्माण गर्नु नपरोस् भनेर यस्तो गर्न लागेको छ जसले फ्लप हुनबाट पनि जोगाउनेछ । जस्तै यसअघि अमेजोनको ‘फायर फोन’ पर्याप्त विक्री नभएपछि २०१५ मा बनाउन बन्द गर्नुपरेको थियो ।  

झट्ट हेर्दा एस्ट्रो एक अनौठो ग्याजेट जस्तो देखिन्छ । यो एउटा सानो कुकुरको आकारको हुन्छ । तीनवटा मध्ये यसका दुई पाङ्ग्रा ठूला छन् जसले यसलाई अड्किनबाट जोगाउनेछ भने तेस्रो सानो पाङ्ग्राले चाहिँ यसलाई घुम्न मद्दत गर्दछ । यसमा क्यामरा पनि जडान गरिएको छ जुन ४२ इन्च बराबर उठ्न सक्छ । यसले हामी नहुँदा घरको ख्याल राख्न सक्छ । 

त्यस्तै यो हाम्रो पछिपछि हिँड्दै गीत बजाउने या अफ्नो स्क्रिनमा टिभी कार्यक्रम चलाउन पनि सक्छ । यसमा दश इन्चको ‘टचस्क्रिन’ रहेको छ । यसले अनुहार पहिचान गर्न पनि सक्छ भने पछाडि पट्टीको यसको कम्पार्टमेन्टमा दुईवटा सोडासम्म अटाउन सक्छ । 

एस्ट्रोलाई अमेजोनका अन्य विभिन्न ग्याजेटहरुको मिश्रण पनि भनिएको छ । यसको क्यामरा भिडियो च्याट गर्न र घरको सुरक्षाका लागि पनि प्रयोग गर्न सकिन्छ । यसलाई घरमा स्थापित गराउना साथ पहिले यसले हाम्रो घरको नक्सा निर्माण गर्नेछ । 

यससँग हामीले एलेक्सा जस्तैगरी कुरा गर्न पनि सक्छौँ र छुट्टै नाम राखिदिन पनि पाउछौँ । अनि मौसमका बारेमा या खेलहरुका स्कोर सोध्न सक्छौँ । त्यस्तै ट्याबलेटमा जसरी फिल्म हेर्न, सिरिज हेर्न पनि मिल्छ । 

एस्ट्रोलाई कन्ट्रोल गर्न मोबाइलमा एउटा एप राख्दा पुग्छ । यो विशेषगरी एक्लै बस्नेहरु घर छाडेर जानुपर्दा घरको ख्याल राख्न अथवा परिवारका कोही सदस्य बिरामी हुँदा रेखदेख गर्न बढी उपयोगी हुने देखिन्छ । त्यसैगरी यसमा रक्तचाप नाप्ने यन्त्र बोक्ने ब्याक स्टोरेज पनि हुनेछ । यसले बिरामी हुँदाका बेलामा मद्दत गर्नेछ । 

एस्ट्रोको हात नभएको हुँदा यसले कुनै कुरा टिप्न चाहिँ सक्दैन । यसले घर सफा गर्ने या फ्रिजबाट केही ल्याइदिन नसक्ने भएपनि होम रोबोटका रुपमा यो धेरै ‘कुल’ ग्याजेट हुने बताइएको छ । र यत्तिको मूल्यमा यो आकर्षक उपकरण भित्रै पर्ने बताइएको छ ।