मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको विद्रोह ओली प्रवुत्तिका कारण भएको समाजवादीका नेता कुँवरको भनाई

अहिलेको विद्रोह ओली प्रवुत्तिका कारण भएको समाजवादीका नेता कुँवरको भनाई


साँफेबगर ४ मष्टमान्डौंमा समाजवादीको वडा कमिटीको अध्यक्षमा हिक्मत कुँवर चयन

केपी ओली प्रवृत्ति विरुद्ध विद्रोह गर्ने वाध्य भयौं : कुँवर

अछाम : नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादीका) नेता शिवबहादुर कुँवर शिलोजले अहिलेको विद्रोह केपी ओली प्रवुत्तिका कारण भएको बताएका छन् । एकिकृत समाजवादीको साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौंमा भएको पहिलो अगुवा कार्यकर्ता भेलामा वोल्दै उनले अहिलेको लडाइँ केपी ओली व्यक्ति विरुद्ध नभई केपी ओली प्रवृत्ति विरुद्धको लडाइँ भएको बताए ।

उनले केपी ओली निरंकुश, तानाशाही, चरम व्यक्तिवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताए । कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढेको बताए ।

साँफेबगर नगरका कार्वाहक प्रमुख विर्मला वुड्थापाले समाजवादी पार्टीले जनताको मन जित्ने दावि गरिन । नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादीका) नेता नृप साउदले पार्टी विचारले अघि बढ्ने भएका कारण अहिले आँकार सानो भएपनि फरक नपर्ने बताए । यस्तै समाजवादीका नेतृ जयन्ति वोगटीले कम्युनिष्ट विचार र भावनालाई नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादीले पुरा गर्ने धारणा व्यक्त गरे ।

मष्टमान्डौंमा समाजवादीको वडा कमिटीको अध्यक्षमा हिक्मत कुँवर चयन

नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादी) प्रथम अगुवा वडा भेला साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौंमा सम्पन्न भएको छ । भेलाले हिक्मत कुँवरको अध्यक्षतामा २१ सदस्सीय नयाँ वडा कमिटी गठन गरेको छ । एकिकृत समाजवादीका नेता जितबहादुर निशानीको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि एकिकृत समाजवादीका नेता शिवबहादुर कुँवर शिलोज रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख विर्मलादेवि वुड्थापा रहेकी थिन । भेलामा एकिकृत समाजवादीका नेता नृप साउद, सुरत खड्का, जयन्ति वोगटी लगायत ६३ जनाको भेलामा सहभगिता रहेको थियो ।

भेलाले असोज २२ गते मंगलसैनमा आयोजना हुने जिल्ला स्तरीय भेलालाई सफल रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । समाजवादीका नेता मानबहादुर कुँवरले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन समाजवादीका नेता भरत कुँवरले गरेका थिए ।