अछाम / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )चौरपाटी गाउँपालिका संगठन कमिटी वडा नं ४ पायलको अध्यक्ष युवा नेता सुरत कुँवर चयन भएका छन ।
कुँवरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन भएको छ । वडा कमिटीको उपाध्यक्षमा मिनबहादुर बोहर, इन्द्र बहादुर कुँवर, सचिवमा शेरबहादुर सुनार, सहसचिवमा सपना कुमाल र टेकबहादुर धामी चयन भएका छन् ।
जेष्ठ नागरिक गणेशराज गिरिको अध्यक्षतामा भएको प्रथम अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपा समाजवदीका नेता राजेन्द्र कुँवर रहेका थिए । अगुवा कार्यकर्ता भेलामा बोल्दै कुँवरले केपि शर्मा ओलिको निरकंशताको विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनाउनु पर्ने अवस्था आएको बताए ।
पार्टी अहिले आकारमा सानो भएपनी बिचारले अबको निर्वाचनमा समाजवादी पार्टीले जनताले ठुलो पार्टी बन्ने दाबी गरे । कार्यक्रमका विशिष्ट अतिथि चौरपाटी गाउँपालिका वडा नं ४ पायलका अध्यक्ष हर्कबहादुर लोहारले समाजवादी पार्टीले लिएको बिचारमा पायलका जनता एकताबद्ध हुने धारणा व्यक्त गरे ।
अगुवा कार्यकर्ता भेला बोल्ने व्यक्ताले पायलमा नेकपा एमालेका सम्पुर्ण नेता कार्यकर्ता समाजवादीमा लाग्ने निर्णय गरिएको छ ।
यस्तै असोज २२ गते हुने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भेला सफल बनाउनको लागी सम्पुर्ण रुममा सहयोग गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष सुरत कुँवरले जानकारी दिए ।
प्रथम अगुवा कार्यकर्ता भेलामा समाजबादीको अगुवा वयोवृद्ध नेता दलबहादुर कुँवर, हस्तबहादुर कुमाल, नरबहादुर कुमाल, बिष्णुदत्त जोशी, अगुवा नेता प्रेम सुनार,सपना कुमाल, भबिन्द कुँवर, बदन कुँवर, कलेन्द्र धामी, डण्डिराज जोशी, ज्ञानी पार्की लगायतले मन्तव्य राखेका थिए ।
अगुवा कार्यकर्ता भेलामा ७५ जनाको सहभागिता रहेको थियो । समाजवादीका नेता मिनबहादुर बोहाराले स्वागत मन्तव्य राख्नुभएको अगुवा भेलाको सन्चालन समाजवादी प्रेस संगठनका नेता तपेन्द्र कुँवरले गरेका थिए ।
प्रतिक्रिया